भदौ ६, झापा ।बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, झापा ।बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (हेर्नुहोस् भिडीयो)

६ भाद्र २०७४, मंगलवार ०२:३०

भदौ ६, झापा ।बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम्प्रेशण भएपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रचार भयो कि गुमाउनेमा विन्दु सिटौला लगायतहरु छन् । र यहि समाचार अनलाईन माध्यमहरुमा पनि प्रकाशित भए ।

आफ्नो मृत्युको समाचार आफैंले सुन्दा तपाई कस्तो अनुभव गर्नुहुन्छ होला ? यो कल्पना समेत गर्न नसकिने प्रसंग यथार्थमै भइदियो, झापाकी बिन्दु सिटौलाको जीवनमा । झापा दमक–५ की बिन्दु सिटौलाले आफ्नो मृत्युको खबर आफैले सुनिन्, हेरिन र पढिन् पनि । र त्यसयता उनी मानसिक तनावमा छिन् । उनको मृत्युको बखर सुनेका आफन्त र शुभचिन्तक समवेदना प्रकट गर्छन् । कतिपय घरमै आउछन् र घटनाबारे बुझ्छन् । जसले गर्दा उनलाई मानिसक पिडा छिन् ।

गत साउन २७ गते शुक्रबार झापामा अबिरल बर्षासँगै आएको बाढीले झापामा धेरैले ज्यान गुमाए । र विभिन्न स्थानहरुबाट मृत्युका खबरहरु आए । बाढीले बगाएर सोही दिन राती बिन्दुको लक्की ट्रेडर्स एण्ड सप्लार्यसका कामदार भारत सिलीगुढीका तपोस मण्डलको मृत्यु भयो । स्थानीय दिपीनी खोलाले बगाएर तपोस मण्डलको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय झापा र रेडक्रस झापाले मण्डल भारतीय नागरिक भएकाले ‘बिन्दु सिटौलाको फर्निचर उद्योगमा काम गर्ने तपोस मण्डलको मृत्यु भएको’ भनी पुष्टी गरे । तर, कतिपय सञ्चार माध्यमले मृतक तपोस मण्डलको नाउ नहेरी बिन्दु सिटौलाको मृत्युको खबर प्रकाशन, प्रशारण गरे । त्यसपछि सिटौलाको मृत्युको खबर फैलियो र यसले उनलाई निक्कै दुखित बनाएको छ ।

मृत्युको न्यूज सुनेपछि आफ्नो व्यवसायमा नराम्रो प्रभाव परेको बिन्दुको अनुभव छ । आफुले त्यस्तो समाचार सुने यता आफु बिरामी समेत परेको उनी बताउँछिन् ।बिन्दुका श्रीमान् गौरव पाठकले आफ्नो मृत्युको न्यूज सुनेपछि बिन्दु मानसिक रुपमा तनावमा रहेको बताए । बिन्दु गर्भवती समेत रहेकाले यसको असर बच्चामा पर्ने भन्दै गौरवले चिन्ता व्यक्त गरेका छन् ।

साँच्चै त्यो समाचार पढेका अनी सम्पर्कमा नरहेका आफन्तहरुले विन्दु रहिनन् नै भनेका छन् । अनी सबै आफन्तहरुलाई शोकमग्न बनाएको छ । एउटा समाचार जुन प्रमाणित र पुष्टि विना नै प्रकासन प्रसारण गरिदिँदा विन्दुका परिवार पिडित बनेका छन् भने समाचारको विश्वसनीयता नै गुमेको छ । र अहिलेपनि विन्दुलाई नराम्रो लागेकै छ । र, यस्ता न्यूजहरुले समग्र पत्रकारिता क्षेत्रकै विश्वनियतामाथि शंका थपेको छ । र, यस्ता प्रवृत्तिहरु सच्चाउन विन्दू र उनका परिवारको आग्रह छ । – न्युज-24 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु