२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधा अर्ब ठगी गरी महिला एकाएक वेपत्ता, यस्तो रहेछ उनको ठगी गर्ने शैली

२०७४, १९ भाद्र सोमबार १०:४९


भदौ १९, पोखरा ।आधा अर्ब रुपैयाँ ठगी गरी पोखरामा एक महिला श्रीमान् र छोराछोरीसहित फरार भएकी छन् । 

स्याङ्जा फेदीखोला गाउँपालिका घर भई हाल पोखरा– १४ चाउथे बस्ने ३८ वर्षीया देवकुमारी भुजेल (थापा) ले सो परिणामको रकम ठगी गरी भागेको उजुरी परेको छ । कास्कीरी पास गर्न, कहिले गाडी Eरी तारानाथ अधिकारीले देवकुमारीको नाममा रहेका जग्गा र बैंक खाता रोक्का गर्न सरकारी निकायमा पत्राचार गर्ने जानकारी दिएको बताए ।

कहिले घडेरी पास गर्न, कहिले गाडी तथा घर खरिद गर्न, कसैलाई विदेश पठाउन र जग्गा प्लटिङ गर्ने विभिन्न तौरतरिका अपनाई उनले धेरै व्यक्तिसँग रकम ठगी गरेको पीडित बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले उजुरीमाथि छानबिन हुने बताए । उनले भने, ‘एकै व्यक्तिको २ करोड रुपैयाँसम्म ठगी भएको दाबी गरिएको छ । 

कस्तो ठगी हो, यसबारे अनुसन्धान हुनेछ ।’उनले सर्वप्रथम सम्बन्धित महिला पक्राउ गरी ठगीको प्रकृति भेटिए कडाभन्दा कडा कारबाही हुने आश्वासन दिए ।आफू ठगिएको रकम उल्लेख गरी प्रहरीमा सामूहिक उजुरी दिनेमा ५२ जना छन् । सापटी भनेर दिएको रकममध्ये १ करोड रुपैयाँ बढी ठगिनेमा पाँच जना छन् । सबैभन्दा ठूलो रकम ठगिने पीडित पोखरा–६ रत्नचोक बस्ने रामबाबु चित्रकार हुन् । 

उनको २ करोड रुपैयाँ ती महिलाले ठगेकी हुन् । त्यस्तै, पोखरा १४ बस्ने श्रीकान्ती थापाको १ करोड ५४ लाख, पोखरा ८ की सोनुमाया श्रेष्ठको १ करोड १७ लाख, टंकजंग क्षत्रीको १ करोड १ लाख, पोखरा १४ चाउथेकी मीना थापाको १ करोड रुपैयाँ ठगिएको उजुरी परेको छ ।

पोखरामा करिब २०५१ देखि पढ्ने सिलसिलामा आएकी देवकुमारीको विवाह भारतीय सेनामा कार्यरत लक्ष्यबहादुर थापासँग भएको हो । ४३ वर्षीय उनका श्रीमान्ले ३ महिनाअघि मात्र अवकाश पाएका थिए । 

सो दम्पतीको दुई छोरी र एक छोरा छन् । उनीहरूमध्ये जेठी छोरी अमरसिंह स्कुल कक्षा १०, कान्छी कास्की मोर्डनाइज्ड कक्षा ७ र छोरा पोखरा पब्लिकमा भर्खरै नर्सरीमा भर्ना भएका थिए । 

पीडितले आफूहरू ठगिएको भन्नेबारे १४ भदौ साँझ मात्र थाहा पाएका हुन् । सो दिनदेखि देवकुमारी सम्पर्कमा नआएको र सोही दिन अमरसिंह होस्टलमा बस्ने छोरी र अरू स्कुलबाट छोराछोरीलाई हजुरबुबाको मृत्यु भएको झुटो विवरण दिई साथ लिएर गएको स्कुल स्रोत बताउँछ । -राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना