११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधा अर्ब ठगी गरी महिला एकाएक वेपत्ता, यस्तो रहेछ उनको ठगी गर्ने शैली

१९ भाद्र २०७४, सोमबार १०:४९


भदौ १९, पोखरा ।आधा अर्ब रुपैयाँ ठगी गरी पोखरामा एक महिला श्रीमान् र छोराछोरीसहित फरार भएकी छन् । 

स्याङ्जा फेदीखोला गाउँपालिका घर भई हाल पोखरा– १४ चाउथे बस्ने ३८ वर्षीया देवकुमारी भुजेल (थापा) ले सो परिणामको रकम ठगी गरी भागेको उजुरी परेको छ । कास्कीरी पास गर्न, कहिले गाडी Eरी तारानाथ अधिकारीले देवकुमारीको नाममा रहेका जग्गा र बैंक खाता रोक्का गर्न सरकारी निकायमा पत्राचार गर्ने जानकारी दिएको बताए ।

कहिले घडेरी पास गर्न, कहिले गाडी तथा घर खरिद गर्न, कसैलाई विदेश पठाउन र जग्गा प्लटिङ गर्ने विभिन्न तौरतरिका अपनाई उनले धेरै व्यक्तिसँग रकम ठगी गरेको पीडित बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले उजुरीमाथि छानबिन हुने बताए । उनले भने, ‘एकै व्यक्तिको २ करोड रुपैयाँसम्म ठगी भएको दाबी गरिएको छ । 

कस्तो ठगी हो, यसबारे अनुसन्धान हुनेछ ।’उनले सर्वप्रथम सम्बन्धित महिला पक्राउ गरी ठगीको प्रकृति भेटिए कडाभन्दा कडा कारबाही हुने आश्वासन दिए ।आफू ठगिएको रकम उल्लेख गरी प्रहरीमा सामूहिक उजुरी दिनेमा ५२ जना छन् । सापटी भनेर दिएको रकममध्ये १ करोड रुपैयाँ बढी ठगिनेमा पाँच जना छन् । सबैभन्दा ठूलो रकम ठगिने पीडित पोखरा–६ रत्नचोक बस्ने रामबाबु चित्रकार हुन् । 

उनको २ करोड रुपैयाँ ती महिलाले ठगेकी हुन् । त्यस्तै, पोखरा १४ बस्ने श्रीकान्ती थापाको १ करोड ५४ लाख, पोखरा ८ की सोनुमाया श्रेष्ठको १ करोड १७ लाख, टंकजंग क्षत्रीको १ करोड १ लाख, पोखरा १४ चाउथेकी मीना थापाको १ करोड रुपैयाँ ठगिएको उजुरी परेको छ ।

पोखरामा करिब २०५१ देखि पढ्ने सिलसिलामा आएकी देवकुमारीको विवाह भारतीय सेनामा कार्यरत लक्ष्यबहादुर थापासँग भएको हो । ४३ वर्षीय उनका श्रीमान्ले ३ महिनाअघि मात्र अवकाश पाएका थिए । 

सो दम्पतीको दुई छोरी र एक छोरा छन् । उनीहरूमध्ये जेठी छोरी अमरसिंह स्कुल कक्षा १०, कान्छी कास्की मोर्डनाइज्ड कक्षा ७ र छोरा पोखरा पब्लिकमा भर्खरै नर्सरीमा भर्ना भएका थिए । 

पीडितले आफूहरू ठगिएको भन्नेबारे १४ भदौ साँझ मात्र थाहा पाएका हुन् । सो दिनदेखि देवकुमारी सम्पर्कमा नआएको र सोही दिन अमरसिंह होस्टलमा बस्ने छोरी र अरू स्कुलबाट छोराछोरीलाई हजुरबुबाको मृत्यु भएको झुटो विवरण दिई साथ लिएर गएको स्कुल स्रोत बताउँछ । -राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह