१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दि फिल्म ‘मुन्नाभाई एमबीबीएस’मा झैं चिट चोर्ने १४ जना पक्राउ

२९ आश्विन २०७४, आईतवार ०१:५९

असोज २९, काठमाडौं । राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबीबीएस प्रवेश परीक्षा गज्जबको भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कंदै गरेका उनले परिवारसँग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याइए ।

बौद्धको अरुणिमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शीखा झा र राहुल झाको अवस्था पनि सिंहको जस्तै भयो । परीक्षा दिएर उनीहरु घर होइन, प्रहरी कार्यालय पुगे । उनीहरुसँगै अर्का परीक्षार्थी सक्षमराज भण्डारी पनि थपिए ।

केही बेरमै ज्ञानेन्द्र ठाकुर थपिए जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबीबीएस पढ्दै थिए ।

यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ वर्षअगाडि भारतमा डाक्टर बन्न लालायित एक गुन्डामा आधारित फिल्म बनेको थियो, मुन्नाभाइ एमबीबीएस । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हाँस्य फिल्म बाबुको डाक्टर बन्ने सपना पूरा गर्न आपराधिक गतिविधिमा लागेका एक व्यक्तिले अपनाएको उपायमा आधारित थियो । उक्त चलचित्रमा मुन्नाभाइको भूमिका सञ्जय दत्तले निर्वाह गरेका छन् । सहयोगी अरशद वारसीसँग मिलेर प्रवेश परीक्षालगायत सबै परीक्षा दिन एक चिकित्सक अपहरण गरी प्रविधि प्रयोग गरेर मोबाइलमार्फत चिट चोरेर परीक्षा दिई उनी चिकित्सक बन्छन् ।

शनिबार पक्राउ परेका सबैले मुन्नाभाइ फिल्मको यही शैलीमा चिट चोर्ने–चोराउने गरेका थिए । फिल्ममा अयोग्य भए पनि चिकित्सक बन्न लालायित एकजना थिए, यहाँ चारजना निस्किए ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले शनिबार १७ वटा परीक्षा केन्द्र तोकेको थियो । अधिकांश केन्द्रमा सेटिङमा पास गराउने गिरोह सक्रिय रहेको खुलेको हो । यही गिरोहले नाटकीय शैलीमा प्रविधि प्रयोग गरेर चिट चोराएपछि चार परीक्षार्थीसहित १४ पक्राउ परेका हुन् । – नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन