2026-09-19 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बी एण्ड सीलाई २ महिनाभित्र सम्बन्धन दिने ओली-दाहालको घोषणा

मंसिर ३, झापा । वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका छन् । 

‘चुनाव लगत्तै वाम गठबन्धनको सरकार बन्ने र उक्त सरकारले सम्बन्धन दिने’ बचन दुवै नेताले  दिएका हुन्। यो खबर राजु अधिकारीले आजको नागरिकमा लेखेका छन्।

अस्पतालले आयोजना गरेको साताव्यापी ‘पूर्वाञ्चल स्वास्थ्य महोत्सव’ को शनिबार बिर्तामोडमा संयुक्त उद्घाटन गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘बीएण्डसी अस्पताललाई सम्बन्धन मामिलामा अन्याय भएको र वाम नेतृत्वको सरकारले त्यो अन्याय सच्याउने’ बताएका हुन्।

झापामा चुनाव प्रचारका क्रममा रहेका दुवै नेताको समय मिलाएर तय गरिएको महोत्सव उद्घाटन कार्यक्रममा एमाले र माओवादी नेता –कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। 

चुनावको मुखैमा आयोजित स्वास्थ्य महोत्सवमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक दुर्गा प्रसाईले ‘वाम गठबन्धनलाई जिताउन’ आग्रह नै गरेका थिए। कार्यक्रममा लिखित मन्तव्य राखेका प्रसाईको भाषणमा काँग्रेसको तीव्र विरोध थियो।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र डा. गोविन्द केसीबीच सम्झौता हुँदा नयाँ चिकित्सा शिक्षा ऐन नबनेसम्म प्रस्तावित मेडिकल कलेजहरुलाई सम्बन्धन नदिने बुँदा उल्लेख थियो। 

त्यसपछि माथेमा कार्यदलको प्रतिवेदन, डा. केसीको निरन्तरको सत्याग्रह लगायतका कारणले देशका अन्य कलेजसहित बीएण्डसीको पनि सम्बन्धन प्रक्रिया रोकिएको थियो। पछिल्लो समय अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन आएको छ। 

त्यसमा पनि  कुनै विश्वविद्यालयले  पाँच वटा भन्दा बढीलाई सम्बन्धन दिन नमिल्ने र एउटा प्रदेशको विश्वविद्यालयले अर्को प्रदेशको कलेजलाई अनुमति दिन नमिल्ने प्रावधान छ। तर, दुवै शीर्ष नेताले ऐन संशोधन गरेरै भए पनि बीएण्डसीलाई सम्बन्धन दिलाएरै छाड्ने उद्घोष गरेका हुन्।

माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा उनले बीएण्डसीलाई सम्बन्धन दिन मातहतका निकायलाई दबाब दिएका थिए। दाहालले यो कुरा स्वीकार पनि गरेका छन्। 

‘मेरै नेतृत्वमा यो अस्पताललाई शिक्षण अस्पतालका रुपमा सम्बन्धन दिन खोजेको थिएँ’, दाहालले भने ‘तर, मलाई चौतर्फी घेराबन्दी गरियो। सम्बन्धन दिन सकिएन। तर, अब चुनावपछि बन्ने सरकारले त्यो काम गर्नेछ।’ बीएण्डसीको सम्पूर्ण पूर्वाधार पूर्ण रहेको बताउँदै दाहालले मेची अञ्चलमा मेडिकल कलेज आवश्यक रहेको पनि उल्लेख गरे।

एमाले नेताहरुको लगानी रहेको मनमोहन मेडिकल कलेजको पक्षमा  बारम्बार बोल्दै आएका एमाले अध्यक्ष ओलीले माओवादी कार्यकर्ताको मुख्य लगानी रहेको बीएण्डसीको पक्षमा हालसम्म सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिएनन्। 

शनिबार भने सम्बोधनका क्रममा ‘दुई महिनाभित्र’ को समयसीमा तोकेरै उनले सम्बन्धन दिने घोषणा गरे। ‘अबको चुनावपछि वाम गठबन्धनको सरकार बन्नेछ’, ओलीले भने ‘त्यसले सम्बन्धन रोक्ने एजेन्टहरुको चुरीफुरी बन्द गरिदिनेछ। ऐन संशोधन गरेर भए पनि दुई महिनाभित्र सम्बन्धन दिइनेछ।’ सरकारको असहयोगी रवैयाका बीच पनि सात सय शैययाको बेडसहित सुविधासम्पन्न अस्पताल झापामा निर्माण हुनु गौरवलाग्दो विषय भएको उनको भनाई थियो।

सरकारले अध्यादेश मार्फत ल्याएको शिक्षा स्वाथ्य बिधेयक  गलत बाटोबाट, त्रृटिपूर्ण तरिकाले ल्याएको दाहालले बताए। स्वाथ्य शिक्षा बिधेयक गलत भएकाले चुनावपछि बन्ने बामपन्थी गठबन्धनको सरकारले परिमार्जन गर्ने दाहालले बताए।

दुवै नेता काँग्रेसप्रति आक्रामक बनेर पेश भएका थिए। अध्यक्ष ओलीले अवको १३ बर्षमा मुलुक विकसित राष्ट्रमा पुर्याउनु पर्ने चुनौती रहेकाले त्यो कम्युनिष्ट नेतृत्वको सरकारले मात्र सम्भव हुने बताएका छन्। 

स्वास्थ्य, शिक्षा र रोजगारीमा अवको सरकार केन्द्रीत हुने उनले बताए। अहिले काँग्रेस वामगठबन्धनप्रति अत्तालिएको भन्दै झुट र भ्रमको खेती बन्द गर्न सुझाव समेत दिएका थिए। 

दाहालले पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा बृद्ध भत्ता दिन थालिएको बताउदै कम्युनिष्ट सरकार आए  बृद्धबृद्धाले बाँच्न पाउदैनन् भन्ने कांग्रेसको आरोप झुटो साबित भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई