पढ्न करिब 1 मिनेट लाग्छ

गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् ।

चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र तिब्बत सिमानाको अन्तिम गाउँ हो ।त्यस्तै बौद्ध हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना मतदानामा सहभागी हुँदैछन् ।

सो केन्द्र चुमनुब्री गाउँपालकिा ३ सिर्दिबासमा रहेको छ ।त्यस्तै नाम्रुङगुम्बा मतदान केन्द्रमा जम्मा ७९ मतदाता रहेका छन् ।

प्रोकगुम्बा चुमनुब्री गाउँपालिका ४ प्रोकमा रहेको छ ।

त्यस्तै प्रोककै क्वाक गुम्बा मतदान केन्द्रमा ९१ जना र हिमालचुली आधारभुत विद्यालय छाक मतदान केन्द्रमा एक सय दुई जना मतदाता छन् । – अन्नपुर्ण पोष्ट