५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी बैठकमा दाहालले गरे आफूलाई आएको अफरको खुलासा

४ पुष २०७४, मंगलवार ०२:४२

पुस ४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।

चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै दाहालले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिएका छन् । तर, देउवाको त्यस्तो प्रस्तावलाई आफूले ठाडै अस्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन सुझाव दिएको दाहालले बैठकमा खुलासा गरेका थिए ।

दाहालको भनाइको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ । 

अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन ।’

प्रधानमन्त्री देउवा र दाहालबीच शनिबार भेट भएको थियो । देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको दाहालले बैठकमा सुनाएका थिए । उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे ।

कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलको संयुक्त सरकार गठन गरी ५ वर्षसम्म प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गर्नुभयो । तर, मानिनँ।-पुष्पकमल दाहाल, अध्यक्ष माओवादी केन्द्र

कांग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्ट्रियसभासम्बन्धी विषयलाई संवैधानिक र कानुनी रूपमा नभई राजनीतिक रूपमा उठाउन चाहेको देखिन्छ,’ दाहालले बैठकमा भने, ‘कांग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ । उसलाई पनि समेटेर सन्तुलित रूपमा लैजान सक्ने गरी समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ ।’

माओवादीले अब त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सापकोटाले बताए । कांग्रेसलाई पोजिसन दिने विषयमा हिजोको जस्तो स्तरमा नभई निर्वाचन परिणाम पछिको सन्तुलनका आधारमा भूमिका दिई राष्ट्रिय सहमति खोजी गरेर जानुपर्नेमा दाहालको जोड थियो।

हामीले हिजो पनि समन्वयकारी भूमिका निर्वाह गरेकै कारण संविधानसभाबाट संविधान निर्माण हुन सक्यो, निर्वाचन सम्पन्न हुन सक्यो अब पनि कांग्रेसलाई साथै लिएर जाने गरी हामीले समन्वयकारी रूपमा सन्तुलित भूमिका खेलेर जान सक्नुपर्छ’, दाहालको भनाइ थियो । 

त्यसका लागि माओवादीले अब प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल गर्ने वातावरण तयार पारी सहमतिको खोजी गर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो, यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । अब शीर्ष नेताहरू नै बसेर निष्कर्ष निकाल्ने गरी अगाडि बढ्छौं, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

राष्ट्रियसभासम्बन्धी अध्यादेशले ल्याएको समस्याका विषयमा निर्वाचन आयोग र संविधानविद्सँग बसेर परामर्श पनि गरिने अर्का नेता देवेन्द्र्र पौडेलले जानकारी दिए ।

सरकार र पार्टी एकताको विषय सँगसँगै अगाडि लैजानुपर्नेमा माओवादी बैठकले जोड दिएको छ । दाहालले पार्टी एकताका सन्दर्भमा जोड्न खोज्नेहरू खुसी मात्र भए पनि तोड्न खोज्नेहरू भने सक्रिय हुन थालेको तर्फ बैठकमा नेताहरूलाई सचेत रहन दाहालले आग्रह गरेका थिए । 

एमालेका कतिपय नेताका अभिव्यक्तिले संशय र आशंका ल्याउने काम गरे पनि त्यस्तो आशंका दुई पार्टी एकता संयोजन समितिको बैठक बसेपछि दूर हुने विश्वास दाहालले व्यक्त गरे ।

‘दुई पार्टीका बीचमा पार्टी एकताकै विषयमा भने निर्वाचनपछि गम्भीर भएर छलफल चलेको छैन, एकता गर्नेमा दुवै पार्टी सहमत छौं तर अध्यक्षको विश्वास एकता संयोजन समितिमा छलफल भएपछि कार्यतालिका बन्छ भन्नेमा छ,’ नेता सापकोटाले भने, ‘हामीले अहिले एकतामा जोड गरेकै प्रस्ताव आफ्नै भएर हो । 

आफ्नै प्रस्ताव भएकाले पनि यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व र स्वामित्व हामीले नै लिनुपर्छ ।’ सरकार गठनअगावै पार्टी एकताको कार्ययोजना नै बनाउनुपर्ने माओवादी बैठकले जोड गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम पूर्वानुमान: यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना