१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी एकताः माओवादी केन्द्रभित्र विवाद

६ पुष २०७४, बिहीबार ०१:५८

पुस ६, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न माओवादीका केही नेताले दबाब दिएको खबर आजको नेपाल समाचार पत्रमा मधुसुधन रायामाझीले लेखेका छन् ।

यद्यपी माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ।

तर पार्टीभित्रै एमालेसँग एकता गर्न नहुने भन्दै नेताहरूले असन्तुष्टी जनाउँदै आएका छन्। पार्६ अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन मार्फत जनताले वाम गठबन्धनलाई मनुमोदन गरेकाले पार्टी एकीकरणमा ढिलाइ गर्न नहुने बताएका छन्।

पार्टी एकताका लागि यसअघिनै दुई पार्टीका शीर्ष नेताबीच एकता संयोजक समितिको गठन भइसकेको छ। तर पार्टी एकताका लागि नेकपा एमालेका केही नेताहरूले दिएको अभिव्यक्तिलाई आधार बनाउँदै माओवादी केन्द्रका नेताहरूले अपमानित भएर पार्टी एकता गर्न नहुने दबाब दिइरहेका छन्।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दाहाल, गोपाल किराती, आहुतीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन्।

चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए। तर दाहालको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ