२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी एकताः माओवादी केन्द्रभित्र विवाद

२०७४, ६ पुष बिहीबार ०१:५८

पुस ६, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न माओवादीका केही नेताले दबाब दिएको खबर आजको नेपाल समाचार पत्रमा मधुसुधन रायामाझीले लेखेका छन् ।

यद्यपी माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ।

तर पार्टीभित्रै एमालेसँग एकता गर्न नहुने भन्दै नेताहरूले असन्तुष्टी जनाउँदै आएका छन्। पार्६ अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन मार्फत जनताले वाम गठबन्धनलाई मनुमोदन गरेकाले पार्टी एकीकरणमा ढिलाइ गर्न नहुने बताएका छन्।

पार्टी एकताका लागि यसअघिनै दुई पार्टीका शीर्ष नेताबीच एकता संयोजक समितिको गठन भइसकेको छ। तर पार्टी एकताका लागि नेकपा एमालेका केही नेताहरूले दिएको अभिव्यक्तिलाई आधार बनाउँदै माओवादी केन्द्रका नेताहरूले अपमानित भएर पार्टी एकता गर्न नहुने दबाब दिइरहेका छन्।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दाहाल, गोपाल किराती, आहुतीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन्।

चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए। तर दाहालको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू