१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन: देउवा

६ पुष २०७४, बिहीबार ०२:०१

पुस ६, काठमाडौं । सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’ का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ। 

अध्यादेशमा संवैधानिक र कानुनी अड्चन नभएकाले दलीय छलफल आवश्यक नभएको प्रधानमन्त्री देउवाको बुझाइ छ। यो खबर मधुसुधन भट्टराईले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रधानमन्त्रीका स्वकीय सचिव अधिवक्ता केशव जोशीले अध्यादेश राजनीतिक सहमतिका आधारमा निकास निकाल्ने विषय नभएकाले दलीय छलफल आवश्यक नरहेको बताए। 

‘अध्यादेश दलहरूबीच सहमतिका लागि छलफल गर्ने विषय होइन, संविधान र कानुनअनुरूप तयार पार्ने दस्ताबेज हो,’ जोशीले भने, ‘संवैधानिक र कानुनी प्रक्रियाअनुरूप १ कात्तिकमा मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपति कार्यालय पठाइएको छ। जसमा संवैधानिक र कानुनी अड्चन छैन। त्यसैले प्रधानमन्त्रीले अहिलेसम्म दलहरूसँग छलफल गर्नुभएको छैन, आवश्यक नभएकाले अब पनि गर्नुहुन्न।’

मन्त्रिपरिषद् बैठकले पारित गरेर पठाएको लामो समय भइसक्दा पनि अत्यावश्यक अध्यादेश स्वीकृत नगरेको भन्दै राष्ट्रपतिसँग सरकार असन्तुष्ट छ। प्रधानमन्त्री देउवाले गत बिहीबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिन आग्रह गरेका थिए। तर, राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेपछि सरकार ‘पर्ख र हेर’को रणनीतिमा छ। 

राष्ट्रपति सेरेमोनियल भएकाले सरकारले निर्णय गरेर पठाएको अध्यादेश स्वीकृत गर्नुको विकल्प नभएको तर्क सत्तारुढ दलका नेताहरूको छ। ‘सरकारले निर्णय गरेर पठाएपछि स्वीकृत गर्नुको विकल्प राष्ट्रपतिसँग छैन,’ कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले भने।

प्रधानमन्त्री कार्यालय भने राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेर पठाउने या फिर्ता गर्ने भनेर कुरेर बसेको छ। जोशीले भने, ‘सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत हुन्छ कि त्यत्तिकै फर्कन्छ। हामी कुरेर बसेका छौँ। त्यसपछि मात्र कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने हो।’

राष्ट्रपति संविधानको संरक्षक भएकाले सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश स्वीकृत गर्नुको विकल्प नभएको कांग्रेसले जनाएको छ। कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले संविधानको संरक्षण गर्ने संस्थाले नै संविधानमा रहेको प्रावधानअनुरूप पठाइएको अध्यादेश फिर्ता गर्दैन भन्नेमा कांग्रेस विश्वस्त रहेको बताए। 

‘राष्ट्रपति भनेको व्यक्ति होइन, संविधालाई संरक्षकत्व प्रदान गर्ने संस्था हो,’ खाणले भने, ‘तसर्थ संविधानको प्रावधानअनुरूप सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनका लागि मार्गप्रशस्त हुन्छ भन्ने विश्वास कांग्रेसको छ।’

कानुन र संविधानअनुरूप पठाइएको अध्यादेश फिर्ता गर्नुपर्ने कुनै पनि कारण राष्ट्रपतिसँग नभएको खाणको भनाइ छ। निर्वाचनमा पराजय व्यहोरेको भए संविधान च्यात्न अग्रसर हुने एमाले, जितेकाले मिच्न खोजिरहेको उनको भनाइ छ। 

‘निर्वाचनमा पराजय व्यहोरेको भए एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा एमाले कार्यकर्ताले यतिवेलासम्म संविधान च्यातिसक्थे,’ खाणले भने, ‘निर्वाचन जितेकाले संविधानका धारा मिचेर अघि बढ्न खोजिरहनुभएको छ। 

कांग्रेसले संविधान मिच्न दिँदा पनि दिँदैन र संविधानविपरीत सहमति र सम्झौता गर्दा पनि गर्दैन।’ कानुनअनुरूप अघि बढेको अध्यादेशमा सहमति जुटाउन दलीय छलफल आवश्यक नरहेको खाणको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ