५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – एमालेबाट समानुपातिक सांसद बन्ने २ पुरूष र ३९ महिला

७ पुष २०७४, शुक्रबार ०२:०९

पुस ७, काठमाडौं | एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्।

एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुई पुरुषलाई सांसद बनाउने गरी आयोगमा नामावली बुझाउन लागेको हो। प्रत्यक्षमा जम्मा दुर्इजना महिलाले एमालेबाट चुनाव जितेका छन्।

एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानूपातिकबाट सांसद बनाउँदैछ।

एमालेले ३९ जना महिलालाई समानूपातिकबाट सांसद बनाउँदैछ। एमालेबाट खस आर्य महिलामा राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन्।

महिला सांसदको नाम छनोट गर्दा खस आर्य, मधेसी, जनजाति, दलित, थारुको जनसंख्याका आधारमा नाम छनोट गरी पठाउन लागिएको एमाले स्रोतले बताएको छ।

जनजाति महिलाबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ। एमालेले थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन्।

सुजिता एमाले नेता शंकर पोखलेर र तुल्सी थापा एमाले नेता वामदेव गौतमकी श्रीमती हुन्। विद्यार्थी नेतृहरु झाँक्री र नबीना पहिलोपटक सांसद बन्न लागेका हुन्।

यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन्। विघठित संसदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट सांसद बनेकी गंगाको नाम नयाँ शक्ति पार्टीबाट पनि समानुपातिकमा थियो।

तर, उनले अन्तिम समयमा नयाँ शक्तिबाट नाम कटाएर एमालेको सूचीमा नाम राखेकी थिइन। एमालेमा प्रवेश गरेको छोटो अवधिमै सांसद बन्न पाउने गंगालाई ‘भाग्यमानी’ मानिएको छ।

यस्तै एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ। तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक पनि एमालेबाट सांसद बन्ने मौका पाउँदैछन।

मधेसी महिलाबाट जुलीकुमारी महतो, डा. पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन्। जुली एमाले पोलिटब्यूरो सदस्य एवं धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठकी श्रीमती हुन्।

मुस्लिम महिलाबाट दुई महिला सांसद बन्ने भएका छन्। एमाले स्रोतका अनुसार कालिला खान र समिना हुसेन पनि सांसद बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा लरेन्स विश्नोईको नाम लिएर धम्की: सीआईबीमा चार जनाको उजुरी, अनुसन्धान जारी भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो