१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानी तोक्न तयारी पूरा, एक साताभित्रै तोकिने

८ पुष २०७४, शनिबार ०२:०७

पुस ८, काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । 

आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ। र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ। तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए। सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो।

तर, अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए। ‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सकेसम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने।

शुक्रबारको बैठकमा प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा कुनै सहमति हुन नसकेकाले अब सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने उनको भनाइ छ।

प्रदेशको अस्थायी मुकामका लागि सरकारले तयारी पूरा गरेको परियारले बताए। ‘कुन प्रदेशको अस्थायी मुकाम कहाँ तोक्ने भन्ने करिब–करिब निश्चित भइसकेको छ,’ प्रेस संयोजक परियार भने, ‘आन्तरिक तयारी सबै पूरा भइसकेको छ, अब मन्त्रिपरिषद्ले निर्णय गर्न मात्र बाँकी हो।’

यस्तै, प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले सबै गृहकार्य पूरा गरेको उनको भनाइ छ। परियारका अनुसार प्रदेश प्रमुखमा नियुक्त गर्नेहरूको नामावली छलफल भइरहेको छ। उनले सरकारले राजनीतिक पृष्ठभूमि नभएका विषय विज्ञ र केही पूर्वप्रशासकलाई प्रदेश प्रमुख नियुक्त गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो