२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्य माओवादीका अधिकांश नेता सशस्त्र संघर्षको पक्षमा

२०७४, ९ पुष आईतवार ०२:४५

पुस ९, काठमाडौँ  । निर्वाचनपछि संगठन सुदृढीकरण, विस्तार र निर्वाचन समीक्षा गर्न बसेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको बताए । 


चितवनको मंगलपुरमा ६ पुसदेखि बसेको बैठकमा नेताहरूले सशस्त्र संघर्षमा जानुपर्नेमा जोड दिएका हुन् । यो खबर वीरेन्द्र ओलीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

सत्ता, शक्ति र  कालो धनले जिते 

अहिलेको निर्वाचनमा वास्तविक जनताको अभिमत प्रकट नभएको नेताहरूको धारणा छ । सत्ता, शक्ति र कालो धन हुनेले निर्वाचन जितेको धारणा अधिकांशले राखेको केन्द्रीय सदस्य बद्री बजगाईले बताए । ‘जनतालाई सक्ता, शक्ति र पैसाको प्रभावमा पारेर निर्वाचन जितेका छन्,’ बजगाईले भने, ‘यसरी निर्वाचित भएका संसादले जनताको पक्षमा काम गर्न सक्दैनन् भन्ने धारणा साथीहरूको छ ।’

अहिलेको संसदीय व्यवस्थाबाट देशको निकास नहुने भएकाले जनवादी क्रन्तिका लागि सशत्र संघर्ष गर्नुको विकल्प नरहेको बजगाईले बताए । वाम गठबन्धन विदेशी शक्तिको आडमा निर्माण भएको क्रान्तिकारी माओवादीको ठहर छ । क्रान्तिकारी माओवादीले निर्वाचनमा १३ हजार नौ सय ४४ मत पाएको थियो ।

नेकपासँग एकता नहुने 

क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग तत्काल एकता नहुने जनाएको छ । ‘हामी नयाँ जनवादी क्रान्ति गर्ने, मालेमावाद मान्ने र सशत्र संघर्ष गर्नुपर्छ भन्ने पार्टीसँग मात्र एकता गर्छौँ,’ बजगाईले भने, ‘नेकपाहरू माओवाद नमान्ने, नयाँ जनवादी क्रान्ति गर्ने खालको नदेखिएकाले एकता हुने सम्भावना कम छ ।’

तर, क्रन्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको एउटै केन्द्र बनाइने बताए । क्रान्तिकारीहरूसँग धु्रवीकरण हुँदै एकतासम्म जाने तयारी रहेको राउतले बताए ।

६ पुसदेखि जारी बैठकमा शनिबारसम्म सबै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । आइतबार महासविच वैद्यले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी