१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्य माओवादीका अधिकांश नेता सशस्त्र संघर्षको पक्षमा

९ पुष २०७४, आईतवार ०२:४५

पुस ९, काठमाडौँ  । निर्वाचनपछि संगठन सुदृढीकरण, विस्तार र निर्वाचन समीक्षा गर्न बसेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको बताए । 


चितवनको मंगलपुरमा ६ पुसदेखि बसेको बैठकमा नेताहरूले सशस्त्र संघर्षमा जानुपर्नेमा जोड दिएका हुन् । यो खबर वीरेन्द्र ओलीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

सत्ता, शक्ति र  कालो धनले जिते 

अहिलेको निर्वाचनमा वास्तविक जनताको अभिमत प्रकट नभएको नेताहरूको धारणा छ । सत्ता, शक्ति र कालो धन हुनेले निर्वाचन जितेको धारणा अधिकांशले राखेको केन्द्रीय सदस्य बद्री बजगाईले बताए । ‘जनतालाई सक्ता, शक्ति र पैसाको प्रभावमा पारेर निर्वाचन जितेका छन्,’ बजगाईले भने, ‘यसरी निर्वाचित भएका संसादले जनताको पक्षमा काम गर्न सक्दैनन् भन्ने धारणा साथीहरूको छ ।’

अहिलेको संसदीय व्यवस्थाबाट देशको निकास नहुने भएकाले जनवादी क्रन्तिका लागि सशत्र संघर्ष गर्नुको विकल्प नरहेको बजगाईले बताए । वाम गठबन्धन विदेशी शक्तिको आडमा निर्माण भएको क्रान्तिकारी माओवादीको ठहर छ । क्रान्तिकारी माओवादीले निर्वाचनमा १३ हजार नौ सय ४४ मत पाएको थियो ।

नेकपासँग एकता नहुने 

क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग तत्काल एकता नहुने जनाएको छ । ‘हामी नयाँ जनवादी क्रान्ति गर्ने, मालेमावाद मान्ने र सशत्र संघर्ष गर्नुपर्छ भन्ने पार्टीसँग मात्र एकता गर्छौँ,’ बजगाईले भने, ‘नेकपाहरू माओवाद नमान्ने, नयाँ जनवादी क्रान्ति गर्ने खालको नदेखिएकाले एकता हुने सम्भावना कम छ ।’

तर, क्रन्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको एउटै केन्द्र बनाइने बताए । क्रान्तिकारीहरूसँग धु्रवीकरण हुँदै एकतासम्म जाने तयारी रहेको राउतले बताए ।

६ पुसदेखि जारी बैठकमा शनिबारसम्म सबै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् । आइतबार महासविच वैद्यले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो