२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा बस्ने विदेशीको कर्तुत- भिसा एउटा, काम अर्कै

११ पुष २०७४, मंगलवार ०२:३०

पुस ११, काठमाडौं । गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ।

मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

पर्यटक, विद्यार्थी, व्यापार, नाता, कामदारलगायत भिसामा नेपाल बसेका कैयौं विदेशीले भिसाको दुरुपयोग गरी आफू अनुकूल काम गर्दै आएका छन्। पर्यटक भिसामा आएका कतिपय विदेशी नेपालमा इसाई धर्म प्रचारप्रसारमा संलग्न रहेको फेला परेको छ। 

कतिपय भिसाको म्याद सकिएपछि पनि यहाँ बसिरहेका (ओभर स्टे) छन्। विदेशीले लिएको भिसाअनुरूप काम गरे÷नगरेको वा भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न भए÷नभएकोमा मन्त्रालय अनभिज्ञ छ।

करिब ३ वर्षअघि पर्यटक भिसामा नेपाल आएका ५४ जना उत्तर कोरियाली सुरुङ खनिरहेको भेटिएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई निष्कासनको निर्णय गरेका थिए। मन्त्रालयले प्रभावकारी संयन्त्र नबनाउँदा अध्यागमन विभागले अनुगमन गर्न सकेको छैन। 

पछिल्लो पटक पर्यटक र नातेदारको भिसामा नेपालमा बसेका विदेशी गैरकानुनी रूपमा काम गरेको सूचना आएको भन्दै अध्यागमन विभागले त्यस्तो पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।विभागले आइतबार सूचना प्रकाशन गरी पर्यटक र नातेदार भिसा भएका विदेशीले कुनै संघसंस्थामा काम गर्न नपाउने दोहोर्‍याएको छ।

अध्यागमन नियमावली २०५१ को नियम २० मा पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालमा रहँदा पारि श्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने उल्लेख छ। अध्यागमन विभागले पर्यटक र रिलेसन भिसा लिएकाले काम गरेको पाइए काम गर्ने र लगाउने दुवैलाई अध्यागमन ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। 

रिलेसन भिसा लिएर नेपाल बसेकाले कुनै काम गर्न चाहे विभागको स्वीकृति लिएर काम गर्न सक्ने प्रावधान छ। पर्यटक भिसामा आएका कुनै पनि विदेशी नागरिकले काम गर्न पाउँदैनन्।

विभागले नेपालमा बसिरहेका विदेशीको गतिविधि अनुगमन र नियन्त्रण गर्न बनाएको निर्देशिकासमेत मन्त्रालयले स्वीकृत गरेको छैन। पर्यटक भिसामा आएका कतिपय विदेशी विभिन्न संघसंस्थामा स्वयंसेवक (भोलेन्टियर) का रूपमा काम गरिरहेका छन्। पर्यटक भिसामा नेपाल आएकाले स्वयंसेवकका रूपमा समेत काम गर्न पाउँदैनन्।

अध्यागमनले दसैंअघि नै ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ पेस गरे पनि मन्त्रालयले चासो नदिँदा थन्किएको छ। विभागले गैरकानुनी रूपमा नेपाल बसिरहेका र भिसा दुरुपयोग गर्नसक्ने विदेशीको गतिविधि अनुगमन गर्न निर्देशिका बनाएर मन्त्रालयमा पेस गरेको थियो। विभागका महानिर्देशक दीपक काफ्लेले विदेशी नागरिक अनुगमन निर्देशिका पारित हुने चरणमा रहेको बताए। 

महानिर्देशक काफ्लेले भने, ‘निर्देशिकामाथि विभिन्न चरणमा छलफल भइरहेको छ। छिट्टै पारित हुन्छ।’ अनुगमन अभावमा पर्यटकीय स्थल पोखरा, ठमेललगायत स्थानमा पर्यटक भिसामा आएका विदेशीले सडकमै पसल थापेर बस्ने गरेका छन्।

पोखरामा अध्यागमन कार्यालय भए पनि अनुगमन गर्न सकेको छैन। विदेशी अनुगमनको स्पष्ट नीति बन्न नसक्दा नेपालमा विदेशीको आपराधिक गतिविधिसमेत बढेको छ। विभिन्न बैंकका एटीएम मेसिनबाट गैरकानुनी रूपमा रकम निकाल्ने, लागुऔषध कारोबार, अवैध भीओआईपी सञ्चालनलगायत गैरकानुनी काममा विदेशी नागरिक संलग्न हुँदै आएका छन्।

नेपाल आएका विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित, व्यवस्थित एवं नियन्त्रण गर्ने, विदेशीलाई पदयात्रा अनुमति दिने, भिसा जारी गर्ने, नियमित गर्ने र रद्द गर्नेलगायत अध्यागमनसम्बन्धी काम विभागले गर्दै आए पनि विदेशीको गतिविधि अनुगमन भने गरेको छैन।

विदेशीका कर्तुत

– एटीएम मेसिनबाट रकम चोरी

– लागुऔषध कारोबार


– भीओआईपी सञ्चालन

– पर्यटक भिसाका केही विदेशी इसाई धर्म प्रचारक

– रिलेसन भिसाका पर्यटकले कामको स्वीकृति नलिनु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ