१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्य र विप्लव पार्टी एकीकरण गर्दै

११ पुष २०७४, मंगलवार ०२:३६

पुस ११, काठमाडौं । शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन् । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ। 

विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ। यो खबर प्रशान्त वलीले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले जानकारी दिए। 

माओवादी केन्द्र र एमालेसँग पार्टी एकता हुनै नसक्ने बताए। उनले भने– ‘ती पार्टी कम्युनिस्टको सिद्धान्त नै अवलम्बन गर्दैनन्। त्यसैले देशलाई समृद्ध बनाउन नयाँ जनवादी क्रान्ति अनिवार्य छ। 

कम्युनिस्टहरू सदैव क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ। हाम्रो प्रयास विचार मिल्ने मुख्यतः विप्लव नेतृत्वको नेकपालगायतका दलसँग एकता हुने कुरा साँचो हो। हामी निरन्तर छलफलमै छौं।’

एमाले र माओवादीको एकीकरण नौटंकी भएको भन्दै असन्तुष्टहरू धु्रवीकरणका लागि आफूकहाँ आएको क्रान्तिकारी माओवादीका नेता सेवन्तराज भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। क्रान्तिकारी माओवादीले केही दिनमै ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गर्ने गरी छलफललाई अन्तिम चरणमा पुर्याएको बताएको छ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई स्वीकार गरे एकता हुने भन्दै कम्युनिस्टहरूबीच एकीकरणका विषयमा छलफल भइरहेको बताएको छ। 

जनयुद्धलाई स्वीकार गर्ने र एकीकृत जनक्रान्तिलाई आत्मसात् गर्नेहरूलाई आफूहरू धु्रवीकरण गराउन तयार रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ।

पार्टीका नेता हेमन्त जिसीले भने– ‘पार्टी एकीकरणका लागि केन्द्रीय नेताहरू छलफलमा हुनुहुन्छ। हामी एकताको पक्षमा छौं। विचार मिल्नेबित्तिकै एकता हुन्छ।’ 

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत संसद्भित्रका अराजक प्रवृत्तिलाई भण्डाफोर गर्न भन्दै चुनाव उपयोग गरेको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको नीति लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा