१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वर्षको बजेट चार महिनामै झ्वाम, कुन मन्त्रीले कति सके ?

१२ पुष २०७४, बुधबार ०२:२५

पुस १२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । 

एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको खबर नयाँ पत्रिकाले छापेको छ  ।

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । 

२९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । 

यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।

कुन मन्त्रीले कति खर्च गरे ?

प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ

विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०


गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०

गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०

ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००


फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८

प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०

सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००


दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५

जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००

गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०

मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०


रामकृष्ण यादव (कृषि विकास) : १०६२००

महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००

अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०

वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०


मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००

यज्ञबहादुर थापा (कानुन) : १०२४००

भीमसेनदास प्रधान (रक्षा) : ९२५०


सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०

राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०

टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०


शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००

महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००

आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००


सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००

मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०

जयन्त चन्द (आपूर्ति) – २२४९५०

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा