१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अध्यादेश आफैँ असंवैधानिक र अनुचित छ ’: अाेली

१५ पुष २०७४, शनिबार ०२:२१

पुस १५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वामको बहमुत आएपछि केही मान्छेलाई आतंक भएकाे बताएका छन् । 

अध्यादेश जारी भयो भन्ने सुनेको छु, यसरी अध्यादेश जारी हुनु संवैधानिक हो, तर असाधारण दबाबका कारण राष्ट्रपतिले पारित गरिन्’, उनले भने, ‘सरकार बनाउने कुरा प्रतिनिधि सभाको स्वतन्त्र बिजनेस हो । अनुचित ढंगबाट दबाव दिएर अध्यादेश जारी गराइएको छ । तर अध्यादेश आफैँ असंवैधानिक र अनुचित छ ।’अाजकाे अन्नपूर्ण दैनिकमा खवर छ ।

अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रिय सभामा केही सीट मागेको भए आफूहरु दिन तयार रहेको बताउँदै राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न बाध्य पारिनु गलत भएको जिकिर गरे ।

आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न बहानामा आफूलाई प्रम बन्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘कुनै कारणबिना सरकार बनाउन विलम्व गर्ने किन ? कुनै हालतमा केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिले भारतले नाकाबन्दी लगायो भन्ने ? नाकाबन्दीविरुद्ध उभिने ? रेल ल्याउँछु भन्ने ? भन्दै केही मानिस सरकार बनाउने बाटोमा तगारो हाल्दैछन् ।’

उनले आफूलाई प्रधानमन्त्री बन्न नदिनैका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विभिन्न बहाना बनाएर सत्ता ओगटिरहेको बताए । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी खेल भइरहेको छ’, ओलीले भने, ‘यी कुनै पनि प्रयास काम लाग्ने छैनन् । एमाले–माओवादी केन्द्रसमेतको चुनावी तालमेलबाट सरकार बन्छ । सुशासन कायम हुन्छ, आर्थिक समृद्धि आउँछ ।’

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुचित दबाव दिएर राष्ट्रिय सभ गठनसम्बन्धी एकल संक्रमणीय प्रणालीसहितको अध्यादेश पारित गराउन बाध्य पारिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक