६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै बाबुवाट बारम्बार बलात्कार, गर्भवती भएपछि भ्रुण हत्या

१५ पुष २०७४, शनिबार ०२:२६

पुस १५, काठमाडौँ । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । 

सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती बारा गएको समयमा बुबाले बलात्कार गरेको उल्लेख गरेकी छिन् । 

ईलाका प्रहरी कार्यालय बनेपा प्रहरी निरिक्षक सुनिलजंग शाहले सुरुमा पत्याउने मुस्किल घटनाको जाहेरी दिन आएपछि अचम्ममा परेको सुनाए । अाजकाे राजधानी दैनिकमा खवर छ ।

किशोरीले दिएको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेर कारवाही अघि बढाएको शाहले बताए । बलात्कारको आरोपी ३७ बर्षिया व्यक्तिका दुई श्रीमती रहेकोमा उनी जेठी श्रीमती तर्फको जेठी छोरी हुन् । 

जेठी श्रीमती बलात्कारको आरोपीसँग नबसेपछि उनले कान्छी श्रीमती ल्याएका थिए । जेठी श्रीमतीका एक छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीको एउटा छोरी छ । 

कान्छी श्रीमती कामको शिलशिलामा बहराईन गएपछि आरोपी समेत अरब राष्ट्रहरुमा कामको शिलशिलामा जाने गरेका थिए । करिब तीन बर्षअघि अरबवाट नेपाल आएपछि छोरी कान्छी श्रीमतीको माईत बारामा गएको समयमा जाहेरी दिने किशोरीलाई बलात्कार गरेका थिए । 

त्यसपछि पनौती भुमिडाँडामा आएर उनलाई बुबाले पटक पटक बलात्कार गरेका थिए । बलात्कारपछि केही बर्षअघि उनी गर्भवती समेत बनेपछि बुबाले घरमै गर्भपतन हुने औषधी सेवन गराएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

छोरीको गर्भ रहेपछि पनि बाबुले उनलाई बलात्कार गर्न नछाँडेको जाहेरीमा उल्लेख गरेकी छिन् । अन्तिम पटक बाबुले उनलाई मंसिर १९ गते बलात्कार गरेका थिए । 

सुरुमा आफ्नै बाबुले बलात्कार गर्ने गरेको सौतिनी आमालाई बताउन नसकेपनि ति किशोरीले सौतिनी आमासँग बाबुले गर्ने गरेको अपराध बताएपछि आमाकै सहयोगमा उनले प्रहरीसँग जाहेरी दिएकी हुन् । 

आफन्त र परिवारहरुवाटै घरमा र गाँउमै कुरा मिलाउन दवाव आएपनि उनीहरुले अन्यायमा परेकाले न्यायका लागि भएपनि जाहेरी दिएको प्रहरीसँग बताएका छन् । 

प्रहरीलाई उनीहरुले मंसिर १९ गतेनै जाहेरी दिएपनि प्रहरीले यो घटना सार्वजनिक गरेको थिएन । प्रहरीले आरोपीलाई हाडनाता करणी उद्योगमा मुद्धा दर्ता गराएको छ भने आरोपी बुबा प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने