२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकले पार्टीपिच्छे भाँडभैलो, कुटाकुटदेखि मोबाइल फुटाउनेसम्म

१६ पुष २०७४, आईतवार ०२:५०

पुस १६, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । 

विशेष आरक्षणका रूपमा राज्यका नीति-निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो बढेको हो ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र दलहरूले शुक्रबार प्रदेशसभातर्फका सांसदको नामावली आयोगमा बुझाएका थिए । आयोगले नै बन्दसूचीको क्रमांकलाई तलमाथि नगरी नाम छनोट गरेर बुझाउन आग्रह गरे पनि ‘क्लस्टर’ मिलाउँदा नेताहरूले आफ्नैलाई रोजेपछि भाँडभैलो निम्तिएको हो ।

एमाले-माओवादीमा नेताहरूले आफ्नै नातागोता रोजेको र कांग्रेसमा देउवाले पौडेल पक्षलाई बेवास्ता गर्दै आफूपक्षीय नेताहरूलाई मात्रै राखेको भन्दै विवाद बढेको छ भने मधेसकेन्द्रित दल राजपाको केन्द्रीय कार्यालय नै तोडफोड भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक छाडेर बाहिरिएको थियो ।

पौडेल पक्षले प्रदेशसभाका समानुपातिक सांसद चयन गर्दा ६०-४० प्रतिशतका आधारमा भागबन्डाको प्रस्ताव गरेका थिए । तर, देउवा पक्षले आफ्नै पक्षका नेताको मात्रै ‘रोस्टर’ तयार पारेपछि विवाद बढेको नेता बलबहादुर केसीले जानकारी दिए । 

निर्वाचनपछि कांग्रेसले शुक्रबार पहिलोपटक समानुपातिकतर्फका सांसद चयनको एजेन्डामा मात्र छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाएको थियो । त्यही बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच जुहारी चलेको थियो ।

‘बैठकमा सभापतिले दम्भ देखाउनुभयो, एकलौटी गर्नुभयो,’ केसीले कांग्रेसमा निम्तिएको विवाद खुलाउँदै अन्नपूर्णसँग भने, ‘समानुपातिकतर्फको सूचीमा पार्टीले क-कसलाई पठाउन खोजिएको हो, त्यो पनि हामीलाई देखाउनुभएन ।’

केसीका अनुसार विवाद बढेपछि पौडेल पक्षका नेता बैठकबाट बाहिरएका हुन् । बैठक चलिरहँदा सुरुमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता पौडेल, कोषाध्यक्ष सीतादेवी यादवलगायत बाहिरिएका थिए । केसीले भने, ‘सभापतिले हामीलाई सुरुमै बैठकमा उपस्थिति भयो भनेर माइन्युटमा सही गराउन खोज्नुभएको थियो तर हामीले नाम हेरेपछि मात्र गरौंला भन्यांै । विवाद बढेपछि सही नगरी हिँड्यौं।’

कांग्रेसमा पौडेल पक्षले पहिले समानुपातिकबाटै सांसद भइसकेकालाई यसपटक नदोहोर्‍याउन अडान लिएको थियो । कांग्रेस कार्यसम्पादन समितिले यसअगाडि नै यो खालको निर्णय पनि गरिसकेको भन्दै पौडेल पक्षले दोहोर्‍याएर समानुपातिक सांसद नबनाउन अडान लिएको थियो । समानुपातिक लफडा निम्तेपछि थप रणनीति बनाउन पौडेल पक्षका नेता शनिबारबाटै आन्तरिक तयारीमा लागेका थिए । एमालेमा भने अन्य दलको तुलनामा कमै मात्र असन्तुष्टि देखिएको छ । नेताका नातागोतालाई प्राथमिकता सूचीमा राखेकोमा असन्तुष्टि देखाए पनि लफडा नै भने एमालेमा परेको छैन ।

माओवादी केन्द्रभित्र पनि समानुपातिक सांसद छनोट गर्दा नेताहरूकै बीचमा चर्काचर्की परेको थियो । खासगरी प्रदेश ३ को सांसद छनोटमा विवाद बढेपछि प्रदेश इन्चार्ज हितमान शाक्यको मोबाइल नै फुटेको छ । खस आर्यबाट पुरुषतर्फको १ नम्बर सूचीमा परेका झम्क पराजुलीले आफ्नो नाम काटेर नेताहरूले आफ्नै श्रीमती र छोरीलाई राखेको भन्दै शाक्यको मोबाइल पार्टी केन्द्रीय कार्यालयको छतबाट फ्याँकिदिएका थिए ।

उनले प्रदेश इन्चार्ज शाक्य, संयोजक झक्कु सुवेदी, कार्यालय सदस्य दिलीप प्रजापतिलगायत नेता बसिरहेको ठाउँमा पुगेर शाक्यको मोबाइल फ्याँक्नुका साथै झोलासमेत टिपेर हिँडेका थिए । 

‘मेरो नाम खस आर्यमा पहिलो नम्बरमा थियो, म आफैँ सहिद परिवारको मान्छे, जनयुद्धको घाइते पनि हुँ । सबैले बधाईसमेत दिइसकेको अवस्थामा अन्तिममा नाम काटिएछ । किन काटियो भनेर सोध्न गएको थिएँ, उल्टै झक्कु सुवेदीले ठूला कुरा नगर्नुस् भनेपछि तानातान भएको हो,’ पराजुलीले अन्नपूर्णसँग भने, ‘त्यही क्रममा मोबाइल छतबाट खसेछ, कागजपत्र होला भनेर हितमानको झोलाचाहिँ बोकेर हिँडेको हुँ, पछि केही नपाएपछि फर्काइदिएँ ।’

माओवादीले प्रदेश ३ बाट दिनेश महर्जन, आङदेन्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनालको नाम अनुमोदन गरेर निर्वाचन आयोगमा पठाएको थियो । नाम पठाइएकामध्ये सुवेदी प्रदेश संयोजक झक्कुकी छोरी, प्रतिमा कार्यालय सदस्य दिलीपकी श्रीमती र आङदेन्डी पार्टीमा योगदान नै नभएका व्यापारी भएको पराजुलीले बताए ।

‘अदालतले समेत आफ्नो मान्छेको मुद्दा छ भने आफैँले बेन्चमा मुद्दा हेर्दैन, शिक्षक आफ्नै छोरा परेको कोठामा परीक्षामा गार्ड बस्दैन,’ पराजुलीले भने, ‘तर आफैँ निर्णय गर्ने, आफ्नै छोरी- श्रीमतीलाई छान्ने गरी मनोमानी निर्णय भएपछि विवाद निम्तिएको हो।’

राजपामा भने विवादका कारण केन्द्रीय कार्यालयमै तोडफोड भएको छ । मधेसी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहलाई समानुपातिकमा सिफारिस नगरेपछि असन्तुष्ट पक्षले शुक्रबार केन्द्रीय कार्यालयमै तोडफोड गरेका थिए । कार्यालय तोडफोडको घटना छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्न उसले शनिबार छानबिन समिति नै गठन गरेको छ ।

राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुरले शुक्रबारको घटना छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन समिति गठन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । समितिमा गोविन्द चौधरी, सत्यनारायण मण्डल र केशव झा छन् । यो समितिले शनिबारदेखि नै काम थालिसकेको राजपाले जनाएको छ ।

- कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोध । निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक बहिष्कार ।

- माओवादी केन्द्रले प्रदेश ३ को सांसद छनोटमा नपारेको भन्दै खसआर्यको १ नम्बर सूचीमा रहेका झम्क पराजुलीद्वारा प्रदेश इन्चार्ज हितमान शाक्यको मोबाइल फुटाइयो ।

- राजपाले मधेसी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहलाई समानुपातिकमा सिफारिस नगरेपछि असन्तुष्ट पक्षद्वारा केन्द्रीय कार्यालय तोडफोड । छानबिन गर्न समिति गठन । -अन्नपूर्ण पोष्ट दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन