२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, के हुन्छ सांसद पद ?

२०७४, १९ पुष बुधबार ०१:४५

पुस १९, काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ। 

प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआइजी जयबहादुर चन्दले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए। ‘सिलवाललाई पक्राउ गर्न पुर्जी काटिएको अनौपचारिक खबर मैले पनि थाहा पाएँ। 

उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुनेछ,’ उनले भने। एआइजी चन्दले पक्राउ पुर्जी ललितपुर परिसर गएको जानकारी दिए। ‘सिलवाल ललितपुरमै बस्ने भएकाले पक्राउ पुर्जी ललितपुर परिसर गएको हुन सक्छ,’ उनले भने।

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन। यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ। अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए। 

‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ। यही आधारमा सिलवालको सांसद पद जाँदैन। अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने। अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ।

प्रहरीका अनुसार सिलवाल जुनसुकै वेला पक्राउ पर्न सक्छन्। आइजिपी बढुवाका क्रममा कासमू किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि प्रहरी परिसर काठमाडौंमा ५ पुसमा जाहेरी दर्ता भएको थियो। 

जाहेरीलगत्तै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो। जाहेरी दर्ताको १३ दिनपछि प्रहरीले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको हो। ‘प्रहरीले अनुसन्धान थालेको छ। यसक्रममा जोसुकैमाथि पनि अनुसन्धान हुन सक्छ। प्रहरीले बयान लिन सक्छ। यही क्रममा पक्राउ पुर्जी काटिएको हुन सक्छ। 

अनुसन्धान किर्ते कागजातमाथि हुँदै छ,’ एआइजी चन्दले भने। प्रहरी स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी र आइजिपी प्रकाश अर्यालले सिलवालविरुद्ध पक्राउ पुर्जी काट्न प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सिंहदरबारमै बेलाएर निर्देशन दिएका थिए।

पूर्वडिआइजी एवं सांसद नवराज सिलवाल पूर्वनिर्धारित कार्यक्रममा भाग लिन आइतबार नै मलेसियाको क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ छ। उनी ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन क्वालालम्पुर गएका हुन्।

कासमू किर्ते सम्बन्धमा अनुसन्धान हुँदै थियो, यहीक्रममा सिलवालविरुद्ध पक्राउ पुर्जी काटिएको खबर मैले पनि पाएँ। औपचारिक पत्र भने आएको छैन। अनुसन्धानका क्रममा पक्राउ पुर्जी काटिनु स्वाभाविक हो। 

प्रहरीको यो नियमित काम हो। पत्र नै काटिएपछि कासमू किर्तेमा सिलवालको संलग्नता पाइएको हुन सक्छ। त्यसकारण सिलवाल जुनसुकै ठाउँबाट पक्राउ पर्न सक्छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस