१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ माघमै यसरी हुन सक्छ राष्ट्रिय सभाको निर्वाचन

२१ पुष २०७४, शुक्रबार ०२:०१

पुस २१, काठमाडौँ | प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ। 

२४ पुसभित्र प्रदेश प्रमुख नियुक्ति

सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रमुख दलहरूसँग यसबारे छलफल पनि गरिसकेका छन्। सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। चाँडो निर्वाचन गराउने उद्देश्य भए त्यही दिन प्रदेश प्रमुखको नियुक्ति गर्न सक्छ।

२५ पुसभित्र निर्वाचनको मिति घोषणा

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने व्यवस्था छ। आयोगले मिति घोषणा भएको बढीमा २५ दिनभित्र निर्वाचन गर्न सकिने बताउँदै आएको छ। जबकि, त्योभन्दा चाँडै निर्वाचन गर्न सकिन्छ। आयोगले २५ माघका लागि मिति तोक्न सरकारलाई सुझाएको छ। सरकारले अहिलेसम्म मिति तोकेको छैन। सरकार र आयोगले चाहेमा १५ माघभित्रै राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न सकिने देखिन्छ।

पुस मसान्तभित्र प्रदेश प्रमुखलाई प्रतिवेदन

आयोगले प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ। सरकारले सोमबारभित्र प्रदेश प्रमुख नियुक्त गरेमा पुस मसान्तभित्रै आयोगले प्रदेश प्रमुखसमक्ष निर्वाचन प्रतिवेदन बुझाउन सक्छ। सरकारलाई सातै प्रदेशका प्रमुख नियुक्त गर्न अप्ठ्यारो भएमा एक प्रदेशको नियुक्त गरेर सातै प्रदेशको जिम्मेवारी दिन सकिने व्यवस्था पनि संविधानमै छ। जुन काम सरकारले चाहेमा तत्काल गर्न सक्छ।

पुस मसान्तभित्र दल दर्ता

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न पुस मसान्तसम्मको समय दिइसकेको छ। जबकि यो काम पनि बढीमा सात दिनभित्रै सकिन्थ्यो। आयोगकै तालिकाअनुसार पुस मसान्तभित्र दल दर्ता हुनेछन्।

२ माघभित्र प्रदेश सदस्यको शपथ

प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष र अन्य सदस्यले ज्येष्ठ सदस्यसमक्ष शपथ लिने व्यवस्था छ। यो काम २ माघभित्रै सकिन्छ।

माघ पहिलो साताभित्र निर्वाचन अधिकृत नियुक्त

मिति तोकिएपछि आयोगले न्याय परिषद्को परामर्शमा निर्वाचन अधिकृतको नियुक्ति गर्छ। यो काम बढीमा दुई दिनभित्र सकिन्छ। अति ढिलो गरे माघ पहिलो साताभित्र निर्वाचन अधिकृत तोक्न सकिन्छ।

९ माघभित्र मतदाता नामावली तयार

आयोगले मतदाता नामावली तयार गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन्। जुन संख्या र नामावली प्रस्टै हुन्छ। आयोगले धेरै ढिलो गरे पनि दुई दिनभित्र यो काम सम्पन्न गर्न सक्छ।

१२ माघभित्र मनोनयन र अन्तिम नामावली प्रकाशन

निर्वाचनका लागि त्यसपछिको काम मनोनयन दर्ताको हो। यो काम पनि बढीमा दुई दिनमै सम्पन्न गर्न सकिन्छ। उम्मेदवारीमाथि दाबीविरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको काम १२ माघभित्र सकिन्छ।

१५ माघमा निर्वाचन

आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपछि तीन दिन प्रचार–प्रसारको समय छुट्याउँदा पनि १५ माघमा निर्वाचन सम्पन्न गर्न सकिन्छ। हरेक प्रदेशमा छुट्टाछुट्टै मतदान केन्द्र हुने भएकाले मतगणना पनि एक दिनमै सकिन्छ। अर्थात्, मतदान भएको भोलिपल्ट निर्वाचन परिणाम आउनेछ। – यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक