२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता हुनेछन् प्रदेशका कार्यालय र निवास

२२ पुष २०७४, शनिबार ०२:२२

पुस २२, काठमाडौं । प्रदेशको राजधानी कहाँ होला? प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र मन्त्रीहरू को–को बन्लान्? यी प्रश्नको जवाफसँगै प्रदेश सरकारअन्तर्गतका कार्यालय र उच्च पदस्थहरूको निवासको संरचना कस्तो होला भन्नेबारे पनि अहिले सबैमा चासो छ। यो खबर सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन् ।

यही चासो र सरोकारका बीच सहरी विकास मन्त्रालयले प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, प्रदेशसभा हल, ६ प्रदेश सचिवको कार्यकक्ष र निवासको स्थायी ढाँचा (लेआउट) को प्रारम्भिक प्रस्ताव तयार पारेको छ। र, तत्काल बन्ने अस्थायी संरचनाका लागि समेत यसैलाई आधार बनाइने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। 

मन्त्रालयले कार्यालयहरूका अतिरिक्त निवासका प्रारम्भिक ढाँचा पनि तय गरेको छ। मन्त्रालयको प्रस्तावअनुसार प्रदेश प्रमुख कार्यालयको कुल क्षेत्रफल १६९ वर्गमिटर हुनेछ। जसमा कार्यकक्ष, बैठक कक्ष, पीए कक्ष, पीए प्रशासनिक कक्ष, प्राइभेट कक्ष र शौचालय रहनेछन्। 

प्रमुखको कार्यकक्षमा करिब २६ लाख रुपैयाँको फर्निचर लाग्ने अनुमान गरिएको छ। त्यसैगरी, प्रदेश मुख्यमन्त्रीको कार्यालय ९८२ वर्गमिटरको हुनेछ, जसमा मुख्यमन्त्रीको कार्यकक्ष, बैठक कक्ष, निजी तथा प्रशासनिक कक्ष, प्रतीक्षालय रहनेछन्। 

मुख्यमन्त्रीको कार्यकक्षको क्षेत्रफल मात्रै १६९ वर्गमिटर हुनेछ। त्यसबाहेक सोही कार्यालयअन्तर्गत नै एक जना प्रदेश मुख्य सचिवको कार्यकक्षसमेत रहनेछ। जसअन्तर्गत एउटा कार्यकक्ष, बैठक कक्ष, पीए कक्ष, एउटा प्रतीक्षालय र प्राइभेट कक्ष रहनेछन्। 

त्यसैगरी मुख्यमन्त्रीको कार्यालयअन्तर्गत नै ४ जना सहसचिव, ११ जना उपसचिव, २५ जना शाखा अधिकृत, १४ जना नासु र १२ जना सहयोगी कर्मचारी बस्ने ठाउँसमेत हुनेछ। मुख्यमन्त्रीको कार्यकक्षका लागि मात्र करिब २० लाख रुपैयाँको फर्निचर लाग्ने अनुमान मन्त्रालयको छ।

प्रदेशका मन्त्रीहरूका लागि पनि बेग्लाबेग्लै कार्यकक्ष रहनेछन्। प्रदेश मन्त्रीको कार्यकक्षमा बैठक कक्ष, प्रतीक्षालयसहितको निजी तथा प्रशासनिक पीएको कार्यकक्ष र प्राइभेट कक्ष रहनेछन्। यसका लागि करिब १ सय ५६ वर्गमिटर क्षेत्रफल आवश्यक पर्ने मन्त्रालयको अनुमान छ। यसबाहेक प्रदेश मन्त्रालयमा एक जना सहसचिव, दुई जना उपसचिव, दुई जना शाखा अधिकृत र १० जना सहयोगी कर्मचारीसमेत रहनेछन्। 

जसका लागि करिब ३ सय वर्गमिटर क्षेत्रफल आवश्यक पर्नेछ। प्रदेश मन्त्रीको कार्यकक्षका लागि ८ लाख २० हजार रुपैयाँभन्दा बढी मूल्यको फर्निचर आवश्यक पर्ने प्रस्तावमा उल्लेख छ।

प्रदेश सचिवको कार्यालयका लागि भने १०२.५० वर्गमिटरको कार्यकक्षको नमुना तयार पारिएको छ, जसमा एउटा कार्यकक्ष, एउटा शौचालय, एउटा बैठक कक्ष, एउटा पीएसहितको प्रतीक्षालय र एउटा निजी कक्ष रहनेछ। सचिवको कार्यकक्षका लागि ५ लाख ७४ हजार रुपैयाँको फर्निचर लाग्ने अनुमान गरिएको छ।

सहरी विकास तथा भवन निर्माण मन्त्रालयले प्रदेशसभाको सचिवालयका लागि समेत आवश्यक पर्ने ढाँचा तयार पारेको छ। करिब ३ सय २० वर्गमिटर क्षेत्रफल ओगट्ने उक्त सचिवालयमा सभामुख, प्रदेशसभा सचिव, दुई जना उपसचिव, ६ जना शाखा अधिकृत, एघार जना नासु, सात जना मर्यादापालक र ६ जना सहयोगी कर्मचारी रहनेछन्। 

सभामुखको कार्यकक्षमा बैठक कक्ष, प्रतीक्षालयसहितको पीए कक्ष, शौचालय र प्राइभेट कक्षसमेत रहेछन्। त्यसले १०२.५ वर्गमिटर क्षेत्रफल ओगट्नेछ। सभामुखको कार्यकक्षका लागि ७ लाख ६८ हजार रुपैयाँको फर्निचर लाग्ने अनुमान गरिएको छ। 

त्यसैगरी ६५.५ वर्गमिटरमा फैलिएको प्रदेशसभा सचिवको कार्यालयमा एउटा कार्यकक्ष, एउटा शौचालय, बैठक कक्ष र प्रतीक्षालयसहितको एउटा पीए कक्ष रहनेछ।

प्रदेशसभा हलको फरक–फरक ढाँचा पनि प्रस्ताव गरिएको छ। प्रदेश १, २, ३, ५ मा २ सय क्षमताको सभाहल रहनेछ भने प्रदेश ४, ६ र ७ मा १५० क्षमताको सभाहल रहनेछ। 

त्यसैगरी, प्रत्येक प्रदेशमा २ वटा ५० क्षमताको सर्वदलीय बैठक हल हुनेछ। प्रदेशसभा हलमै सभामुख, उपसभामुख, मन्त्री, विपक्षी दलका लागि समेत एक–एक वटा कार्यकक्ष रहनेछन्। 

मिडिया रुम र कन्ट्रोल रुमका अतिरिक्त ४ जना शाखा अधिकृत, ६ जना नासु र २ जना सहयोगी कर्मचारी संयुक्त रूपमा बस्न मिल्ने कोठा पनि रहनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने