२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश प्रमुख भोलि, राजधानी निर्णय प्रदेशसभाबाटै

२०७४, २३ पुष आईतवार ०२:४९

पुस २३, काठमाडौं । कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । 

माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना उनले सुनाए । 

एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको जानकारी मन्त्री थापाले दिए ।

‘सहमति नभएको अवस्थामा सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन,’ अन्नपूर्णसँग थापाले भने, ‘त्यसैले सोमबारसम्म सहमति जुटाउन कोसिस गर्छौंं । नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं ।’

प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुन सक्ने जानकारी पनि कानुनमन्त्रीले दिए । सहमति भए प्रदेशको राजधानीमै शपथ खुवाउने थापाले बताए । 

सरकारले सहमतिका लागि के–कस्तो प्रयास गरिरहेको छ भन्ने जिज्ञासामा उनले वाम गठबन्धनका शीर्ष नेताहरूसँगै प्रधानमन्त्री सम्पर्कमा रहेको जानकारी दिए । प्रदेशका सांसदको बहुमतले तोकेको स्थानलाई प्रदेशको राजधानी बनाउने कुरा त संविधानमै रहेकाले सो प्रक्रिया पनि राजधानीमै हुन सक्ने थापाले बताए ।

एमालेका नेता अग्निप्रसाद खरेलले संविधानसम्मत काम गर्न सहमति नचाहिने र सरकार गठनमा ढिलाइ गर्न नहुने बताए । ‘संविधानसम्मत काम गर्न सरकारलाई सहमति चाहिँदैन, योे वा त्यो नाममा सरकार गठनमा ढिला गर्न पाइँदैन’, उनले भने । 

बिहीबारको सर्वदलीय बैठकपछि सरकारले एमालेका जिम्मेवार नेताहरूसँग छलफल नगरेको उनले जानकारी दिए । ‘सर्वदलीय बैठकपछि सरकारले हामीसँग वार्ता गरेको छैन । कुर्सीमा बसेर निर्णय गर्न नजान्ने अनि अन्तिममा सहमति खोज्ने प्रवृत्ति ठीक होइन’, उनले भने । अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस