२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सरकार १९ दिन भित्रै, केन्द्रीय सरकार कहिले ?

२०७४, २४ पुष सोमबार ०१:५३

पुस २४, काठमाडौं । संविधानअनुसार अबको १९ दिनभित्रै सातवटा प्रदेशले मुख्यमन्त्री पाउने भएको छ।

गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलोपटक संघीयता कार्यान्वयन भएको छ । जस अनुसार सातवटै प्रदेशमा सरकार गठन हुन लागेको छ। 

निर्वाचन आयोगले पुस ७ गते प्रदेशसभातर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ। संविधानमा प्रदेशसभातर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको ३५ दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।

संविधानको धारा १६८ को ८ मा भनिएको छ ‘यस संविधानबमोजिम भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।’ निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरेको १६ दिन वितिसकेको छ।

संविधानअनुसार अब १९ दिनभित्र मुख्यमन्त्री चयनको प्रक्रिया सक्नुपर्नेछ। सरकारले माघ २४ गते राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गरेपछि त्यसअघि नै प्रदेश सरकार बनाउनुपर्ने अवस्था छ। तर अहिलेसम्म सरकारले प्रदेश मुकाम र प्रदेश प्रमुख भने तोकेको छैन। स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख तोक्नेछ।

प्रदेश प्रमुखले प्रदेशसभा सदस्यलाई सपथ गराएपछि प्रदेशसभा सरकार गठन गर्ने कार्य अघि बढ्ने भएको छ।  केन्द्रीय सरकार गठनको विषयमा भने दलरुबीच विवाद हुदै आएको छ। राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभातर्फको मत परिणाम घोषणा गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस