१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सरकार १९ दिन भित्रै, केन्द्रीय सरकार कहिले ?

२४ पुष २०७४, सोमबार ०१:५३

पुस २४, काठमाडौं । संविधानअनुसार अबको १९ दिनभित्रै सातवटा प्रदेशले मुख्यमन्त्री पाउने भएको छ।

गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलोपटक संघीयता कार्यान्वयन भएको छ । जस अनुसार सातवटै प्रदेशमा सरकार गठन हुन लागेको छ। 

निर्वाचन आयोगले पुस ७ गते प्रदेशसभातर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ। संविधानमा प्रदेशसभातर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको ३५ दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ।

संविधानको धारा १६८ को ८ मा भनिएको छ ‘यस संविधानबमोजिम भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।’ निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरेको १६ दिन वितिसकेको छ।

संविधानअनुसार अब १९ दिनभित्र मुख्यमन्त्री चयनको प्रक्रिया सक्नुपर्नेछ। सरकारले माघ २४ गते राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गरेपछि त्यसअघि नै प्रदेश सरकार बनाउनुपर्ने अवस्था छ। तर अहिलेसम्म सरकारले प्रदेश मुकाम र प्रदेश प्रमुख भने तोकेको छैन। स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद बैठकले प्रदेशप्रमुख तोक्नेछ।

प्रदेश प्रमुखले प्रदेशसभा सदस्यलाई सपथ गराएपछि प्रदेशसभा सरकार गठन गर्ने कार्य अघि बढ्ने भएको छ।  केन्द्रीय सरकार गठनको विषयमा भने दलरुबीच विवाद हुदै आएको छ। राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभातर्फको मत परिणाम घोषणा गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक