३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको दबाबमा ५ अर्बको बालुवा ४० करोडमा दिने प्रपञ्च

२४ पुष २०७४, सोमबार ०२:०२

पुस २४, काठमाडौं । राज्यकोषमा करोडैाँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट कायम गर्दै आफू निकटका ठेकेदारलाई बालुवा ठेक्का दिन गृहकार्य भइरहेको छ। यो खबर सागर पण्डित र गोपिकृष्ण ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।


स्रोतका अनुसार उपप्रधानमन्त्री गच्छदारले पर्यटनमन्त्री देवलाई पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिने न्यूनतम रेटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउन दबाब दिँदै आएका छन्।

मन्त्री देवले अख्तियारको कारबाहीमा पर्न सक्ने डर देखाउँदै पन्छन खोजे पनि अहिले गच्छदारको दबाब थेग्न नसकेपछि उनी यो प्रक्रियालाई अगाडि बढाउन लागेका छन्। देव गच्छदारकै कोटामा मन्त्री बनेका हुन्।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को अध्यक्षमा संस्कृति तथा पर्यटनमन्त्री र संरक्षकमा प्रधानमन्त्री रहने व्यवस्था छ।

कोषको गोठाटारमा पाँच सय ३४ रोपनी जग्गा छ। यही जग्गाको बालुवा ठेक्कामा दिने गृहकार्य भएको हो। व्यवसायीका अनुसार यो क्षेत्रमा झन्डै ५ अर्ब बराबरको बालुवा छ तर अहिले कोषको राजस्वमा ३० देखि ४० करोड मात्रै आउने गरी ठेक्काको योजना बुनिएको छ।

बालुवा ठेक्का दिने गृहकार्यका सम्बन्धमा आइतबार मन्त्री देवस“ग मन्त्रालयमा पुगेका र जानकारी माग्दा यस विषयमा ‘केही पनि नबोल्ने’ भन्दै उनी तर्के।निकै तनावमा देखिएका मन्त्री देवले भने, ‘लहरो तान्दा पहरो गर्जन्छ भन्ने कुरा यहाँलाई थाहै छ, त्यसैले यो विषयमा अहिले केही नबोलैाँ।’

राज्यकोषलाई घाटा पुग्ने गरी बालुवा ठेक्का दिने तयारी गर्नुभएको हो भन्ने पटक–पटकको प्रश्नमा उनले भने, ‘अहिले यस सम्बन्धमा केही पनि नसोध्नुस् म केही दिनपछि बोलौंला।’

स्रोतका अनुसार उपप्रधानमन्त्री गच्छदारले पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसहित केही सहसचिवलाई पनि बालुवा ठेक्कामा दिने आफूहरूको योजनामा सहयोग गर्न आग्रह गर्दै आएका छन्।

गच्छदारले बालुवा ठेक्का दिन सके निर्वाचनमा भएको खर्चको जोहो गर्न सकिने र पार्टीलाई पनि सहयोग पुग्ने भएकाले आफूहरूलाई सहयोग गर्न प्रशासनिक अधिकारीलाई फकाएको स्रोतको दाबी छ।

गच्छदारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई समेत सहयोगी बन्न पटकपटक आग्रह गर्दै आएका छन्। तर, मुख्यसचिव रेग्मी यो प्रस्ताव कुनै हालतमा मन्त्रिपरिषद्मा पेस गर्न नदिने तयारीमा रहेको बताइएको छ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा गच्छदारले बालुवा ठेक्कामा दिने आफूहरूको योजनामा मुख्यसचिव बाधक बनेको भन्दै उनीमाथि आक्रोश पोखेका थिए।

पर्यटन मन्त्रालयका सचिव न्यौपानेले यसअघि पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिँदा अनियमितता भएपछि कोषका सदस्यसचिवसहितका अधिकारी अख्तियारको फन्दामा परेको स्मरण गराउँदै मन्त्री देवलाई ठेक्का फाइल अगाडि नबढाउन सुझाव दिँदै आएका छन्।

पहिला जुन प्रक्रियाबाट बालुवा ठेक्का दिइएको थियो अहिले पनि सोहीअनुरूप प्रक्रिया अगाडि बढाउने गरी प्रस्ताव तयार पार्न सचिव न्यौपानेमाथि दबाब परेको छ। 

सचिव न्यौपानेले प्रस्ताव तयार पार्न आनाकानी गर्दै आइरहेका छन्। ‘प्रस्ताव तयार पार्नु गलत हो। यो सीधै हाम्रो जागिर जाने कुरा हो। त्यसैले त्यस्तो प्रस्तावमा सहमति दिन सक्ने कुरै हुँदैन’, सचिव न्यौपानेले भने। स्रोतका अनुसार पशुपति क्षेत्रको बालुवा ठेक्का हत्याउन व्यवसायी नामगेल शेर्पा तथा गच्छदारपुत्र सुवास दौडमा छन्।

केही समयअघि कोषले मन्त्रीको निर्देशनमा रेट तोक्न समिति गठन गरेको थियो। समितिले पुरानै रेटमा बालुवा बिक्री गर्न सकिने सिफारिस गरेको थियो। सोही सिफारिसलाई अहिले मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउने तयारी गरिएको हो।

निर्मल कुइँकेल कोष सदस्यसचिव हुँदा ०६५ कात्तिक ५ मा करिब चार सय रोपनीको बालुवाको ठेक्का दिन बच्चुराम दाहालसँग सम्झौता गरे पनि कार्यान्वयन भएको थिएन।

साउन ३२ गते बोलपत्र आह्वान गरिए पनि बोलपत्रबमोजिम कसैको ठेक्का परेन। जिविस काठमाडौंले अनुमति लिएकोलाई मात्र दिन मिल्ने र उक्त ठाउँमा बच्चुराम दाहालले मात्र अनुमति लिएको भन्दै कोषलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन