१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

२५ पुष २०७४, मंगलवार ०१:२९

पुस २५, काठमाडौं । निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । 

प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको नेताहरूले बताएका छन् । 

पौडेल पक्षकै सात युवा नेताले पनि सोमबारै कांग्रेसप्रति शुभेच्छा राख्ने बुद्धिजीवीसँग छलफल गरेका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा भएको छलफलमा नेताहरूले युवा समूहले अघि सारिरहेको विचारबारे छलफल गरेका थिए । 

पौडेलपक्षीय नेताहरू नवीन्द्रराज जोशी, दीपक गिरी, गुरुराज घिमिरे, गोविन्द भट्टराई, रामकृष्ण यादव, किरण यादव, सरिता प्रसाईंले बुद्धिजीवीहरू डा. जीवराज पोखरेल, डा. यज्ञ अधिकारी, अच्युत वाग्ले, श्रीकृष्ण अनिरुद्ध गौतम लगायतसँग छलफल गरेका हुन् ।

१४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गरेको छ ।

पार्टीको विधानअनुसार नेतृत्व नचलेकाले दबाब दिन अभियान नै सुरु गर्न लागेको नेता जोशीले जानकारी दिए । ‘हामी सबै पक्षसँग लगातार छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘सोमबार बसेको बैठकमा चुनाव हारको पनि समीक्षा भएको छ । बैठकले कार्यसम्पादन र संसदीय समितिलगायत निर्णयमा समेत विधान मिचिएको निष्कर्ष निकालेको छ ।’

कांग्रेसमा २९ सदस्यीय कार्यसम्पादन समिति छ भने टिकट वितरणका लागि २४ सदस्यीय संसदीय समिति बनाइएको छ । विधानमा बढीमा १४ सदस्यीय समिति हुने भने पनि २४ सदस्यीय संसदीय समिति निर्वाचनको टिकट बाँड्नु केही दिनअघि गठन गरिएको थियो ।

सोमबारको छलफलमा कतिपय नेताहरूले रामचन्द्र पौडेल र महामन्त्री कोइरालाकै आलोचनासमेत गरेका थिए । ‘बैठकमा पार्टी सभापति मात्र होइन, समूहकै शीर्ष नेताको पनि आलोचना भयो’, बैठकमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले गल्ती स्वीकार गर्नुभएको छ ।’

बैठकमा धेरै नेताले चुनावी हारमा नेतृत्वको दोष रहेको धारणा राखेका थिए । सोमबार बसेको गुटको बैठकमा नेता पौडेलले त्यसबारे बोलेका थिए । समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिँदा पौडेलसहितका नेताहरूले सभापति शेरबहादुर देउवाले बोलाएको कार्यसम्पादन बैठक बहिष्कार गरेका थिए ।

पौडेलपक्षकै नेता प्रदीप पौडैलले पार्टीको बैठक बस्नुअघि यस्ता छलफल र गोष्ठीहरू बढाउँदै जाने योजना रहेको सुनाए । ‘यस्ता छलफलबाट आएको कुरा पार्टीको बैठकमा राख्ने योजनामा छौं’, उनले भने । अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक