२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा यसै वर्ष रेल, मेची–काली रेलमार्ग धमाधम बन्दै !

२०७४, २५ पुष मंगलवार ०२:११

पुस २५, काठमाडौं । झण्डै नौ वर्षअघि सम्भाव्यता अध्ययन सम्पन्न भएको मेची–महाकाली रेलमार्गको काम धमाधम भइरहेको छ ।

सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । रेल मार्गको लागि ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कुल ६ सय १९ किलोमिटर लामो रेल मार्गको डीपीआर पनि सम्पन्न भइसकेको छ । अहिलेसम्म विभागले पूर्वदेखि पश्चिमसम्म कुल ९ खण्डमा विभाजन गरेर डीपीआर तयार पारेको जनाएको छ । अहिलेसम्म कुल पाँचवटा कन्सल्टेन्टहरुले बुटवल पूर्व सबै खण्डको डीपीआर सम्पन्न भइसकेको र बाँकी चार खण्डको पनि डीपीआरको काम सुरु भइसकेको उल्लेख छ ।

इन्जिन किने नेपालमा यसै वर्ष रेल


भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर–जननगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनविज्ञ छ ।

राजधानी दैनिकको खबर अनुसार, सरकारले इन्जिन किने यसै वर्ष नेपालमा रेल गुड्ने छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिन खरिदको विषयमा छलफल समेत सुरु हुन सकेको छैन ।

झण्डै चार वर्षदेखि बन्द जनकपुर–जननगर रेलमार्गको ३४ किलोमिटर निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागलाई उद्धृत गर्दै खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस