१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भान्जीको जालमा यसरी फसे सेनाका सहायक रथी

२६ पुष २०७४, बुधबार ०२:१०

पुस २६, काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन्। प्रहरीले अनुसन्धान थाल्यो। खुल्यो , घटनाको मुख्य योजनाकार उनै रहिछिन्।

प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो। प्रहरी अनुसन्धानमा लाग्यो। नेक्सस पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रूपैयाँ सेनाका सहायक रथी रमेश विष्टको बैंक खातामा भेटियो। प्रहरी चकित खायो। अब प्रहरीको अनुसन्धान सहायक रथी विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रीत भयो। यो खबर आजको गज्जब साप्ताहिकमा टेकराज थामीले लेखेका छन्।

अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी विष्टलाई ‘मामा’ साइनो लगाउँदो रहिछन्र विष्ट पनि रेग्मीलाई भान्जी भन्दा रहेछन्। तर उनीहरूबिचको यो साइनो बाहिर देखाउनलाई मात्र रहेछ। खासमा उनीहरू प्रेमी प्रेमिका रहेछन्। त्यसो हँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ। सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेको मध्ये करिब ३३ लाख रूपैयाँ विष्टको बैंक खातामा हालिदिएकी रहिछन्।


प्रहरी उच्च स्रोत भन्छ- विष्ट र रेग्मीबीच प्रेमी प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच सबैखाले सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो। यो उनीहरूको निजी मामिला हो। 

यसमा हाम्रो भन्नु केही छैन। हामीले त अपराधको पाटो मात्र हेर्ने हो। यसमा जर’साबको पनि संलग्नता रहेको देखिएको छ।’ सेनाको हिरासतमा रहेका विष्ट र प्रहरी हिरासतमा रहेकी रेग्मी दुबै विवाहित हुन्।

सैनिक कानुन अनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दा बाहेक घटना अनुसन्धान गर्न मिल्दैन। त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनि प्रमाणसहित सबै फाइल पठायो। सेनाले उक्त घटनामा छानबिन थालेको छ। यसका लागि विष्टलाई हिरासतमा लिइएको छ। छानबिन पछि दोषि देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाई छ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी विष्टमाथि इन्क्वायरी सुरू भइसकेको बताउँछन्। ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी विष्टको संलग्नता हुनसक्ने आधार फेला पर्‍यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो।सोही आधारमा उहाँमाथि इन्क्वाइरी थालिएको हो।’

कृषि विकास बैंक न्युरोड शाखामा चार करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरेको थियो । 

अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रूपमा सिआइबीले पक्राउ गरेको थियो । हिनामिना भएको रकम खोज्दै जाने क्रममा ट्रेलर रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन् ।

त्यसपछि सिआइबीले डा. विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो । अनुसन्धानका क्रममा हिनामिना गरिएको मध्ये करिब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा भेटिएपछि सिआइबीले आवश्यक कारबाहीका लागि सेनालाई पत्र काटेको थियो । सोही क्रममा सेनाले डा. विष्टलाई हिरासतमा लिई इन्क्वायरी थालेको हो । डा. विष्ट प्राविधिकतर्फका सहायक रथी हुन् ।

प्रहरीका अनुसार सहायक रथी डा. विष्टलाई घटनाकी मुख्य योजनाकार रेग्मी ‘मामा’ भन्ने गर्छिन् । प्रहरी स्रोतले भन्यो, ‘डा. विष्ट र रेग्मीबीच कनेक्सन देखिएपछि प्रहरी अनुसन्धानमा जुट्यो । खोज्दै जाने क्रममा रेग्मीले डा. विष्टलाई ‘मामा’ भन्दिरहिछिन् । उनीहरूबीचको सम्बन्ध वास्तविक हो या कृतिम त्यससम्बन्धमा अनुसन्धान हुँदै छ ।’

प्रहरीले घटनामा संलग्न काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी, चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहठ्ठा, काठमाडौं–१६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक