२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत पार्टीको कार्यदिशा प्रचण्ड र ओलीले तय गर्ने

२६ पुष २०७४, बुधबार ०२:१३

पुस २६, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। 

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन्। बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए ।

आजको अन्नपूर्णमा खबर छ-कार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए।

‘गृहकार्य अलिक पुगेन, थप छलफल गर्न हामीले अर्काे बैठकसम्मका लागि समय लिएका हौं। पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ’, उनले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ओली-दाहालबीच फेरि छलफल भएपछि मात्र कार्यदल गठन हुने बताए। ‘दुई अध्यक्षबीच छलफल गरी वैचारिक र राजनीतिक विषयमा सहमति गर्ने कोसिस हुन्छ, त्यसपछि मात्रै अभिलेखन गर्न र थप सल्लाह-सुझाव लिन कार्यदल गठन गर्ने निष्कर्षमा हामी पुगेका छौं’, उनले भने, ‘त्यसपछि कार्यदलले तयार पार्ने दस्तावेज एकता संयोजन समितिबाट अनुमोदन गरिनेछ ।’

संयोजन समितिका अर्का सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार वैचारिक र संगठनात्मक मोडालिटी तय गर्न गठन गरिने कार्यदलको अवधारणा बैठकले टुंगो लगाएको छ ।

‘कार्यदलले के-कसरी काम गर्ने अवधारणा तयार भएको छ’, उनले भने, ‘केही गृहकार्य नपुगेकाले कार्यदल गठन भएन। अब बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गर्ने तथा संगठनात्मक संरचना र सिद्धान्तबारे निर्णय लिनेछ ।’

अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि बैंकक जाँदैछन्। उनको अनुपस्थितिमा कार्यदल गठनको गृहकार्य हुनेछ। उनी माघ १ गते काठमाडौं फर्केलगत्तै दुई अध्यक्षबीच छलफल हुने र संयोजन समितिको बैठक बस्ने नेता खनालले बताए। 

१७ असोजमा एमाले-माओवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गर्दै एकता संयोजन समिति गठन गरेका थिए। समितिको पहिलो बैठक कात्तिक १५ यता बस्न सकेको थिएन ।

समितिको बैठक बस्न नसक्दा विभिन्न आशंका उत्पन्न भएका थिए। तर मंगलबारको बैठकपछि त्यस्ता आंशका चिरिएको समितिका अर्का सदस्य तथा एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि सञ्चारकर्मीहरूसँग भने। ‘कुनै विवाद र प्रश्न छैन, एकतामा हामी ढृढ छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल