१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् अदालतमा परेका मानहानिका चर्चित मुद्दा, जसमा गिरिजादेखि प्रचण्डसम्म परे

२६ पुष २०७४, बुधबार ०३:०२

पुस २६, काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भनेर दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै तत्कालीन कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । 

त्यस्तै माओवादी नेता बालकृष्ण ढुंगेल हत्या अभियोगमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चले दिएको आदेश नमानेको आरोपमा नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालविरुद्ध परेको अवहेलनाको मुद्दा विचाराधीन छ ।

आजको नयाँ पत्रिकामा खबर छ-तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लाउडा विमान खरिदमा भएको भ्रष्टाचारको विषयमा बयान दिन बोलाउँदा अस्वीकार गरेर अदालतको अवहेलना गरेको मुद्दा खेपेका थिए । उनी अदालतलाई नारायणहिटी दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित भएका थिए । तर, त्यो मुद्दा त्यत्तिकै सेलायो ।

 त्यस्तै, अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दामा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको’ तथा ‘अदालतले दिउँसै रात पार्दै छ’ भन्ने अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको मुद्दा खेपेका थिए । तर, अदालतको अवहेलना गर्ने मनसाय नरहेको स्पष्ट पारेपछि त्यो मुद्दा पनि अघि बढेन ।

द्वन्द्वकालमा पत्रकार डेकेन्द्र थापाको हत्या भएको विषयलाई फौजदारी न्याय प्रणालीमार्फत उठान गर्दा शान्ति प्रक्रियामा असर पर्ने बताउँदा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि अदालतमा उपस्थित हुनुपरेको थियो ।

चाल्र्स शोभराजको मुद्दामा न्यायाधीशहरूलाई गाली गरी अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई दोषी ठहर गर्दै सजायसमेत सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन