२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ३० कटेका अविवाहित हिरोइन (सुचिसहित)

२०७४, २६ पुष बुधबार ०४:२५

पुस २६, काठमाडौँ । अनुष्का शेट्टी साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । 


उनको भागमती २६ जनवरीमा प्रदर्शन हुँदै छ । ३६ वर्षीया अनुष्का अहिलेसम्म अविवाहित छिन् । उनीजस्तै दक्षिण भारतीय फिल्मका केही चर्चित हिरोइन, जो ३० वर्ष वा त्यसभन्दा बढी उमेरका छन्, तर बिहे भएको छैन । भारतीय अनलाइनले अनुष्कालगायतका अविवाहित केही चर्चित हिरोइनबारे रिपोर्ट तयार गरेको छ:

अनुष्का शेट्टी–३६ वर्ष

दक्षिण भारतका तमिल तथा तेलेगु फिल्मकी सुपरस्टार हुन्, अनुष्का शेट्टी । उनलाई विशेषगरी बाहुबलीका दुईटा सिरिजले सुपरस्टार बनाएको हो । उनलाई अनुष्का मात्र होइन, देवसेनाको उपनामले पनि चिन्ने गरिन्छ । सन् २००५ मा ‘सुपर’ नामक फिल्मबाट करिअर सुरु गरेकी अनुष्काका ‘विक्रमकुडु’, ‘डोन’, ‘किंग’, ‘सौर्यम्’, ‘बिल्ला’, ‘अरुन्धती’, ‘रगडा’, ‘वेदम’, ‘सिंघम २’लगायत थुपै्र फिल्म सफल छन् । ३६ वर्षीया अनुष्का प्रभासको प्रेममा रहेको खबर आउने गरेको छ । तर, उनी भने आफ्नो अफेयरबारे खुल्ने गर्दिनन् ।

काजल अग्रवाल–३२ वर्ष

अर्की चर्चित हिरोइन हुन्, काजल अग्रवाल । सन् १९८५ जुन १९मा जन्मिएकी काजल दक्षिण भारतीय फिल्ममा मात्र नभई बलिउडमा पनि चर्चित छिन् । साउथमा ‘मकाधिरा’, ‘थुप्पाकी’, ‘चन्द्रमामा’लगायतका हिट फिल्म दिएकी काजलले बलिउडका ‘रुपेशल २६’ र ‘सिंघम’ फिल्ममा अभिनय गरेकी छिन् ।

३२ वर्षीया काजल तत्काल बिहे बन्धनमा नबाँधिने सोचमा छिन् ।

नयनतारा–३३ वर्ष

सन् १९८४ को नोभेम्बर १८ मा जन्मिएकी नयनतारा पनि साउथ इन्डियाकी चर्चित हिरोइन हुन् । उनले ‘मनसिनक्कारे’, ‘रुप्पकल’, ‘गजनी’, ‘योगी’, ‘बिल्ला’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । ३३ वर्षीया नयनतारा पनि अविवाहित छिन् । वेलावेलामा उनको अफेयरको खबर आउने गरेको छ । तर, उनी अहिले करिअरमै केन्द्रित हुन चाहने बताउँछिन् ।

तृषा कृष्णन्–३४ वर्ष

अर्की अविवाहित हिरोइन हुन्, तृषा कृष्णन् । ३४ वर्षीया तृषा पनि प्रेम, विवाहभन्दा आफ्नो ध्यान करिअरमा केन्द्रित गरेको बताउने गर्दछिन् । सन् १९८३ को मे ४ मा जन्मिएकी तृषाले ‘वर्षम्’, ‘जी’, ‘आरु’, ‘कृष्णा’, ‘भीमा’, ‘समर’लगायतका हिट फिल्म दिएकी छिन् । उनले सन् २०१० मा बलिउडको ‘खट्टा मिठ्ठा’ नामक फिल्ममा पनि अभिनय गरेकी छिन् ।

श्रीया शरण–३५ वर्ष

श्रीया शरण ३५ वर्षकी भइसकिन् । प्रेमको मामलामा उदार भए पनि बिहे बन्धनमा भने उनी पनि बाँधिएकी छैनन् । सन् १९८२ को सेप्टेम्बर ११ मा जन्मिएकी श्रीयाले सन् २००२ मा ‘सन्तोष’ फिल्मबाट अभिनययात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘टंगोर’, ‘शिवाजी दी बोस’, ‘कंदस्वामी’लगायतका दक्षिण भारतीय फिल्ममा अभिनय गरिन् । उनले ‘मिसन इस्तानबुल’, ‘दृश्यम्’लगायतका बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् । -नयाँ पत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस