२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसइई परीक्षा यसकारण कठिन बन्दै

२०७४, २७ पुष बिहीबार ०६:३९

पुस २७, काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ ।

कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोग

सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले एसइइको ९५ प्रतिशत काम सकेको बताए । जिशिका नहुने भएपछि यसको संक्रमणकालिन ब्यवस्था नभएमा नतिजाका लागि विश्वविद्यालयमा जस्तै महिनाैँ पर्खिनुपर्ने अवस्था आउने चिन्ता ब्यक्त गरे । 

उनले भने, ‘चैत ८ देखि हुने एसइइ परीक्षा त राम्रोसंँगै सम्पन्न होला, परीक्षा सकेपछि जिशिका रहँदैन, त्यसपछि उत्तरपुस्तीका कहाँ, कसले परीक्षण गर्ने भन्ने लगाएतका गम्भीर समस्या उत्पन्न हुने छन् ।’

यसकारण समस्या

देश संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यालय खारेज हुँदै छ । एसइईसम्बन्धी धेरै काम जिशिकाबाटै हुने गरेका थिए । 

विद्यार्थीको रजिस्ट्रेसन, परीक्षाको आवेदन फारम भराउने, परीक्षा केन्द्र निर्धारण गर्ने, केन्द्रबाट पठाएका प्रश्नपत्र र उत्तरपुस्तिका राखेर केन्द्रसम्म पुर्‍याउने र संकलन गर्ने, परीक्षाको समन्वयको काम जिशिकाले गर्दै आएको छ । 

त्यसैगरी परीक्षा सम्पन्न भइसकेपछि केन्द्रको निर्णयअनुसार उत्तरपुस्तिका परीक्षणका लागि अरू जिल्लामा पुर्‍याउने, अरू जिल्लाबाट आएकालाई परीक्षणको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । 

तर, सम्पर्क गर्ने र कामको जिम्मेवारी दिने निकाय नहुँदा विद्यार्थीको तथ्यांक संकलनमा जटिलता आउनेछ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस