२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वेच्छिक अवकाशमा जाने कर्मचारीले के-के पाउँछन् सुविधा ?

२०७४, २८ पुष शुक्रबार ०१:३५

पुस २८, काठमाडौं। सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । 

समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताए । ‘कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ,’ उनले भने, ‘शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै हामी त्यही दिन राजपत्रमा सूचना जारी गर्ने तयारीमा छौँ ।’ सरकारले निजामती सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्ष उमेर पूरा गरेका कर्मचारीलाई त्यस्तो सुविधा दिन लागेको हो ।

निजामती सेवा ऐनको दफा १३ मा ‘…समायोजन हुन नचाहने पचास वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका कुनै पनि कर्मचारीले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्तबमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछन्’ भन्ने व्यवस्था छ । सो ऐनले त्यसरी अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

जस्तै, मासिक २५ हजार तलब सुविधा खाने कर्मचारीको उमेर ५० वर्ष पूरा भएको छ र उसले अवकाशमा जान चाहेमा उसले एकमुष्ट आठ लाख ४० हजार रुपैयाँ पाउनेछ । 

यस्तो हिसाब निकाल्दा हरेक कर्मचारीको आखिरी तलबलाई २० ले गुणा गरिन्छ र आएको गुणनफललाई ५० ले भाग गरिन्छ । यहाँ अंक २० सेवा अवधि हो भने अंक ५० उमेरहद हो । त्यसक्रममा आउने अंकलाई सात वर्षको ८४ महिनाले गुणन गर्दा जति अंक आउँछ, त्यो अंकबराबरको रकम ती कर्मचारीले पाउने हो ।

समायोजन ऐनले अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट दिने व्यवस्था गरे पनि अर्थ मन्त्रालयले अनिवार्य अवकाश पाउन जति वर्ष बाँकी छ, त्यति वर्षको पेन्सन सुविधा एकमुष्ट दिने गरी सहमति दिएको छ । 

अर्थ मन्त्रालयको सहमतिअनुसार निर्णय भए ५५ वर्ष पुगेर पुगेका कर्मचारीले तीन वर्षको मात्र पेन्सन सुविधा पाउनेछन् । 

यस्तै, अर्थ मन्त्रालयले त्यस्तो पेन्सन सुविधामध्ये चालू आर्थिक वर्ष एक तिहाइ र बाँकी रहेको दुई तिहाइ आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्र दिने सहमति दिएको छ ।

समायोजन ऐनमा भएको व्यवस्थाविपरीत अर्थ मन्त्रालयले अनिवार्य अवकाशका लागि जति वर्ष बाँकी छ, त्यति नै वर्ष बराबरको पेन्सन सुविधा एकमुष्ट दिने गरी सहमति दिएकोमा आपत्ति जनाएको छ । 

अर्थ मन्त्रालयले कर्मचारी समायोजन नियमावलीमा अवकाशमा जाने हरेक कर्मचारीलाई सात वर्षको एकमुष्ट पेन्सन बराबरको सुविधा दिन नसक्ने जनाएको छ । अर्थको सो निर्णयप्रति आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले आपत्ति जनाएका हुन् । 

उनले अर्थ मन्त्रालयको निर्णयअनुसार समायोजन नियमावली आए कोही पनि कर्मचारी स्वेच्छिक अवकाशमा नजाने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट