१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवामाथि एक्कासि खनिए प्रचण्डः यस्ता छन् चार आरोप

२९ पुष २०७४, शनिबार ०२:११

पुस २९, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन् । 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सरकारबाट बाहिरिदै गर्दा बुझाएको पत्रमा आरोप लगाएका हुन् । 

अाजको अन्नपूर्णमा खबर छ-निर्वाचन सम्पन्न भएर ताजा जनादेशसमेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाट नयाँ जनादेश अनुरुप सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको पहिलो आरोप प्रचण्डले देउवालाई लगाएका छन्।

पत्रमा प्रधानमन्त्री देउवालाई नयाँ सरकार गठनको लागि अविलम्ब पहल गर्नु पर्ने त्यसमा ठोस कदम नचाली ढिलासुस्ती गरेको भन्दै आलोचनासमेत गरिएको छ। 

देउवा सरकारले राजस्व दुरुपयोग गरेको, काम चलाउनु सरकारले गर्न नमिल्ने नियुक्तिलगायतका अतिरिक्त निर्णय गरेको आरोप राजीनामा पत्रमा रहेको छ। सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजिकरणको लोकतान्त्रिक भूमिका निर्वाह गर्ने अपेक्षा माओवादीले गरेको छ।

राजीनामा पत्रमार्फत् प्रचण्डले विनाविभागीय भएर चार महिनासम्म चुनाव सफल बनाउन सरकारमै रहेको स्पष्टिकरण दिएका छन्। असोज १७ गते एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी बिहिन बनाएका थिए। 

वाम तालमेल गरेर चुनावमा सहभागी भएका एमाले र माओवादी अहिले पार्टी एकताको गृहकार्यमा छन्।

देउवामाथि प्रचण्डका चार आरोप

-जनादेशको सम्मान नगरेको

-सरकार छाड्न ढिला सुस्ती गरेको

-राजश्वको व्यापक दुरुपयोग गरेको

-काम चलाउ सकारले दीर्घकालीन निर्णय गरेको

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी