१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

२९ पुष २०७४, शनिबार ०२:३६

पुस २९, काठमाडौं । ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन्।

हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन्। कहिलेकाहीं त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ ।

परिसरका प्रहरी प्रबक्ता एसपी रामदत्त जोशीले पछिल्ला दिनमा मोबाइल फोन हराएको उजूरी दिनेको संख्या बढेको बताए।

२५ सय देखि लाखरुपैंयाँसम्मका मोबाइल

प्रहरीका अनुसार २५ सय देखि एकलाख रुपैंयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ।

प्रहरीले हराएका मोबाइल आइएमइआई नम्बर ट्रेस गर्दा सिग्नल देखि मात्र मोबाइल पत्ता लाउने गरेको छ। नत्र प्रहरीको केही लाग्दैन। यसका लाग् टेक्नोलोजीमा विशेष दख्खल भएको ब्यक्ति चाहिन्छ।

प्रबक्ता जोशीले भने, ‘मोबाइलमा आइएमइआई नम्बर हुन्छ। यही आधारमा प्रहरीले हराएको मोबाइल खोज्ने हो। ट्रेस गर्दा सिग्नल देखियो भने फोन भेटिन्छ। नत्र भेटाउन सकिदैन। यसका लागि प्रविधिमा ज्ञान भएको स्मार्ट मान्छे चाहिन्छ।’ यद्यपी हराएका फोनमध्ये १० प्रतिशत मात्र भेटिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल