१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै फेसबुक, कसलाई कति असर पर्छ ?

२९ पुष २०७४, शनिबार ०२:५५

पुस २९, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन् ।

उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ । यो खबर हामीले नागरिक दैनिकबाट लिएका हौ ।

नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुगाउने संस्थाहरुको लोकप्रियतामा भने कमी आउनसक्ने उनले स्वीकार गरेका छन्।

यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ । उनीहरुले फेसबुकमा आफ्नो पोस्टको लोकप्रियता कम भएको देख्नसक्नेछन्। परिवर्तनहरुको आउने हप्तादेखि प्रभाव देखिनेछ।

‘हाम्रो समुदायबाट हामीले प्रतिक्रिया पाएका छौं कि सार्वजनिक सामग्री, व्यवसाय, ब्राण्ड र मिडियाबाट भइरहेका पोस्टहरुले व्यक्तिगत क्षणहरु हल्लाउँदैछ, जसले हामीलाई एकअर्कासँग जोड्नका लागि नेतृत्व गर्छ,’ उनले भनेका छन्।

आफ्नो टिमलाई ‘फेसबुक मानिसहरुको भलाईका लागि राम्रो माध्यम हो’ भन्ने बनाउन दायित्व महसुस भएको उनको भनाई छ। ‘यदि सार्वजनिक सामग्रीलाई प्रवर्द्धन गर्ने हो भने यसलाई सामाजिक सम्पर्कको प्रोत्साहनको रुपमा हेर्नुपर्छ,’ उनले भनेका छन्।

जुकरबर्गले फेसबुकको दुरुपयोग रोक्न र प्रयोगकर्ताको समयको सदुपयोग गर्न महत्वपूर्ण परिवर्तन गर्न लागेको स्पष्ट पारे।

पछिल्लो समय प्रचारको माध्यम बनेको लाइभ भिडियो फिडको उदाहरण दिँदै  जुकरबर्गले भने– मलाई विश्वास छ कि यी परिवर्तनले फेसबुकसँग जोडिरहन मानिहरुलाई कम खर्च गर्नुपर्नेछ।

उनले परिवर्तनपश्चात मानिसहरुले फेसबुकमा खर्च गर्ने समय अधिक मूल्यवान हुने आशा पनि व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी