१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय (बिज्ञप्तिसहित)

२९ पुष २०७४, शनिबार ०४:००

पुस २९, काठमाडौँ । नेकपा एमालेले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनेकालाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने भएको छ । 

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले तीनवटै तहको निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउनेसहितका ६ बुँदे मापदण्ड बनाएको हो । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी ५ माघसम्म तोकिएको मापदण्डका आधारमा उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका उम्मेदवार बन्न योग्य रहेको पहिलो र दोस्रो मापदण्ड छन् । त्यस्तै,पार्टीसँगको वैचारिक आबद्धताका आधारमा समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवार चयन हुने मापदण्डमा उल्लेख छ ।

स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका र समानुपातिक सूचीमा नाम समावेश नभएका मात्र उम्मेदवार सिफारिसका लागि योग्य हुने तथा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई सिफारिस गर्न सकिने मापदण्डमा भनिएको छ ।

सातवटै प्रदेशमा मतदाता प्रशिक्षण

एमालेले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचकमण्डलका सदस्यलाई प्रशिक्षण दिने भएको छ । एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा सातवटै प्रदेश संगठन कमिटीले प्रशिक्षण दिने व्यवस्था मिलाउने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल