२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नेपालीलाई अढाइ वर्ष जेल: यस्तो छ अभियोग

२०७४, ३० पुष आईतवार ०२:००

पुस ३०, लन्डन । बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । 

ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमश: ५ वर्ष र दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने भए पनि श्रेष्ठको ठेगाना उल्लेख गरिएको छैन् । 


स्थानीय अखबार दि रेडिङ क्रोनिकलका अनुसार, ती दुई जना एउटा होटल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हेराइन सप्लाइ गर्न तयारी गरिरहेको अवस्थामा समातिएका थिए । आजको कान्तिपुरमा खबर छ ।

प्रहरीले गत जुन १७, २०१६ मा रेडिङ टाउन सेन्टर, चिपसाइडमा खानतलासीका क्रममा उनीहरुबाट १२ पोका हेरोइन र क्रयाक कोकिन चकलेटको खोलमा लुकाइरहेको अवस्थामा भेट्टाएको थियो । 

उनीहरु प्रहरी धरौटीमा रहेकै बेला कानुनविपरीत गत अगस्ट ६, सन् २०१६ मा वकफिल्ड पार्क, मोर्टिमर बर्कसायरस्थित एक होटलमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गर्ने तयारी गरिरहँदा समातिएका थिए । 

प्रहरीले बरामद लागूऔषध करिब ६ हजार पाउन्डभन्दा बढी मूल्यको भएको बताएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी स्यानोन वाकरले अदालतले जेल सजाय दिएबाट ती दुईको अपराध कति गम्भीर प्रकृतिको थियो भन्ने प्रतिबिम्बित भएको जनाउँदै थेम्स भ्याली पुलिस लागूऔषध कारोबार गर्नेलाई कानुनी कठघरामा उभ्याउन प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्लो समय बेलायतमा नेपालीको अपराधिक क्रियाकलाप बढ्दै गएको छ । बेलायतमा २० जना नेपाली जेलमा रहेको तथ्यांक लन्डनस्थित नेपाली दूतावासले केही समय अघि दिएको थियो । 

गम्भीर प्रकृतिको अपराध गरेको प्रमाणित भए जेल सजायपछि आवासीय अधिकार लिइसकेका नेपालीलाई पनि डिपोर्ट गरिदिनसक्ने यहाँको कानुन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल