१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नेपालीलाई अढाइ वर्ष जेल: यस्तो छ अभियोग

३० पुष २०७४, आईतवार ०२:००

पुस ३०, लन्डन । बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । 

ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमश: ५ वर्ष र दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने भए पनि श्रेष्ठको ठेगाना उल्लेख गरिएको छैन् । 


स्थानीय अखबार दि रेडिङ क्रोनिकलका अनुसार, ती दुई जना एउटा होटल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हेराइन सप्लाइ गर्न तयारी गरिरहेको अवस्थामा समातिएका थिए । आजको कान्तिपुरमा खबर छ ।

प्रहरीले गत जुन १७, २०१६ मा रेडिङ टाउन सेन्टर, चिपसाइडमा खानतलासीका क्रममा उनीहरुबाट १२ पोका हेरोइन र क्रयाक कोकिन चकलेटको खोलमा लुकाइरहेको अवस्थामा भेट्टाएको थियो । 

उनीहरु प्रहरी धरौटीमा रहेकै बेला कानुनविपरीत गत अगस्ट ६, सन् २०१६ मा वकफिल्ड पार्क, मोर्टिमर बर्कसायरस्थित एक होटलमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गर्ने तयारी गरिरहँदा समातिएका थिए । 

प्रहरीले बरामद लागूऔषध करिब ६ हजार पाउन्डभन्दा बढी मूल्यको भएको बताएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी स्यानोन वाकरले अदालतले जेल सजाय दिएबाट ती दुईको अपराध कति गम्भीर प्रकृतिको थियो भन्ने प्रतिबिम्बित भएको जनाउँदै थेम्स भ्याली पुलिस लागूऔषध कारोबार गर्नेलाई कानुनी कठघरामा उभ्याउन प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्लो समय बेलायतमा नेपालीको अपराधिक क्रियाकलाप बढ्दै गएको छ । बेलायतमा २० जना नेपाली जेलमा रहेको तथ्यांक लन्डनस्थित नेपाली दूतावासले केही समय अघि दिएको थियो । 

गम्भीर प्रकृतिको अपराध गरेको प्रमाणित भए जेल सजायपछि आवासीय अधिकार लिइसकेका नेपालीलाई पनि डिपोर्ट गरिदिनसक्ने यहाँको कानुन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ