१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले बाँडे मुख्यमन्त्री र सभामुख

१ माघ २०७४, सोमबार ०२:५१

माघ १, काठमाडौं । वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित संयुक्त कार्यदलले प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको खाका तय गरेको छ ।

दुवै पार्टीका तीन–तीन जना सदस्य सम्मिलित कार्यदलले प्रदेशमा एक दलको मुख्यमन्त्री भए सो प्रदेशमा सभामुख अर्को पार्टीको हुनेगरी प्रारम्भिक मापदण्ड तय गरेको छ ।

दुई दलले मुख्यमन्त्री र सभामुख फरक–फरक दलको हुनेगरी सुझाव पेस गर्ने तयारी गरेका हुन् । कार्यदलको सुझाव कार्यान्वयन भए एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सभामुख हुनेछन् । उपसभामुख भने एमालेकै हुने देखिएको छ ।

माओवादी केन्द्रको मुख्यमन्त्री भएको ठाउँमा एमालेका तर्फबाट सभामुख हुनेछन् । संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीको सभामुख र उपसभामुख नहुने हुँदा उपसभामुखसमेत माओवादी केन्द्रकै तर्फबाट हुनेछन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा कार्यदल सदस्य वर्षमान पुनले एउटा दलको मुख्यमन्त्री भएको प्रदेशमा सभामुख फरक दलको हुने र सभामुख र उपसभामुख पनि फरक दल हुनेगरी छलफल भइरहेको बताए, राजधानी दैनिकमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने