१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कटवाललार्इ प्रदेश प्रमुख नियुक्ति गर्न देउवालार्इ आरजुकाे दवाव

२ माघ २०७४, मंगलवार ०२:३६

माघ २, काठमाडाै । पूर्वप्रधानसेनापति रुक्मांगद कटवाललार्इ  प्रदेश प्रमुख नियुक्ति गर्न देउवालाइ आरजु राणाले दवाव दिएकी छन् ।कांग्रेसभित्रै अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख बनाउन पनि लबिङ चलिरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ । कटवालका लागि आरजु राणा, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् ।

पौडेल पक्षका केही नेताले भने त्यसमा विरोध जनाएका छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अनुराधा कोइरालाका लागि लबिङ गरिरहेका छन् । उनको नाममा संस्थापन देउवा पक्षका नेताहरू असहमत रहेको कांग्रेसका एक नेताले बताए ।


राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नातेदार उमाकान्त झालाई प्रदेश प्रमुख बनाउन प्रस्ताव गरेका छन् । झा पूर्वसचिव तथा खिलराज रेग्मी सरकारका मन्त्री हुन् । झाको नाममा प्रधानमन्त्री देउवा पनि सहमत भएको स्रोतको भनाइ छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पूर्वसचिव रत्नेश्वरलाल कायस्थलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन दबाब दिएका छन् ।

प्रदेश प्रमुखका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल र पुष्कर बज्राचार्य पनि चर्चामा छन् । यसअघि प्रमुखका लागि चर्चामा रहेका त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम छलफलबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार