१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस केन्द्रीय समिति बैठकमा नेताका आ-आफ्नै दाउ

३ माघ २०७४, बुधबार ०२:५७

माघ ३, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छन्। 

देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ । सभापति देउवाले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पौडेल समूहले भने चुनावी समीक्षा सकेर मात्रै राष्ट्रियसभाको अनिवार्य एजेन्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।


सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन प्रधानमन्त्री देउवामाथि दबाब बढाएका थिए। कांग्रेसभित्रै कोइराला परिवारका नेता हस्तीले पनि पार्टी संस्थागत रूपमा नचलेको, नेतृत्व कमजोर भएको जस्ता आरोप लगाउँदै केन्द्रीय समिति बैठक माग गर्न थालेपछि देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

केन्द्रीय समिति बैठक बोलाउनुअघि मंगलबार पनि देउवाले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतासँग अनौपचारिक छलफल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

बिहीबारको बैठक तत्काल राष्ट्रियसभा निर्वाचन केन्द्रित हुने र तत्पश्चात् मात्रै चुनाव पराजयको गम्भीर समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रवक्ता शर्माले भने, ‘बैठकको प्रमुख एजेन्डा राष्ट्रियसभाको निर्वाचन नै हो। त्यसपछि चुनावमा पराजयबारे गम्भीर समीक्षा हुनेछ।' तर, पौडेल पक्षले भने अबको केन्द्रीय समिति बैठकलाई राष्ट्रियसभा निर्वाचनमा मात्रै केन्द्रित गर्न चाहेको छैन।

कसको कस्तो दाउ ?

देउवा पक्ष : केन्द्रीय समिति बैठक राष्ट्रियसभा चुनाव केन्द्रित गर्ने र त्यसपछि मात्रै पार्टी पराजयको समीक्षामा क्रमशः प्रवेश गराउने।

पौडेल पक्ष : पार्टी पराजयलगायत समग्र विषयमा पहिले गम्भीर समीक्षा गर्ने र त्यसपछि मात्रै राष्ट्रियसभा चुनावको छलफल गर्दै महासमिति बैठक बोलाउनुपर्ने।

युवा नेता : पराजय समीक्षा गर्न महासमिति हुँदै विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन बोलाउनुपर्ने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार