१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पेट्रोलियम पदार्थको मूल्य साढे तीन वर्षयताकै उच्च

४ माघ २०७४, बिहीबार ०२:०३

माघ ४, काठमाडौँ । नेपालमा इन्धन निर्यात गरिरहेको भारतमा यतिखेर पेट्रोलियम पदार्थको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । 

भारतमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा भारु पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ६२ रुपैयाँ ६ पैसा भारु पुगेको छ । भारतमा कायम भएको बुधबारको मूल्यसूचीअनुसार डिजेलले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पेट्रोल भने साढे तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ । तेल उत्पादक मुलुकहरूको संस्था (ओपेक)ले कार्बन उत्सर्जन गर्ने कम गर्ने भन्दै उत्पादन कटौती गरेका कारण विश्वभर नै इन्धनको मूल्यमा वृद्धि भइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आएपछि भारतले दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारतले मूल्य समायोजन गरेर पठाउन थालेपछि नेपालले पनि १५–१५ दिनमा मूल्य समायोजन गर्नुपरेको नेपाल आयल निगमले जनाएको छ ।

सोहि अनुसार निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ बढाएको हो, नयाँ पत्रिकामा खबर छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार