१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्, ज्यानै जान सक्छ

४ माघ २०७४, बिहीबार ०२:१३

माघ ४, काठमाडौँ । 'आज मौसमले च्यालेन्ज गर्यो' मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । 

तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा सेवन गरेर बाहिर सुत्दा धेरैको ज्यान गएको छ ।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो गराए पनि शरीरभित्रको तापक्रम (हिट लस) घटाउने बताए ।

मानिसको शरीरको रगत र भित्री भाग (कोर ट्याम्प्रेचर) तातो हुन्छ । मदिराले रगतमा भएको तातोलाई छालातिर फाल्छ । यसलाई (भ्यासोडाइलेसन) भनिन्छ ।

समान्य अवस्थामा बाहिर चिसो हुँदा शरीरले नशा खुम्च्याएर तातो जोगाउने भएकाले जाडोसँग बढी प्रतिरक्षा गर्न सक्छ । 

शरीरको नशा साँघुरो हुनु भित्री तातो जोगाउनकै लागि हो । चिकित्सकका अनुसार मदिराले तत्कालका लागि रगतको सञ्चालन बढाउने भएकाले रगतका नशा (ब्लड भेइसल) फराकिलो बनाउँछ ।

डा. अनिलका अुसार चिसोमा बढी मदिरा सेवन गर्दा रगतको थेग्ला जमेर तत्काल हृदयघात र मतिष्कघात हुनसक्ने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार