२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवराज सिलवाल पक्राउ पर्न नसक्नुको भित्री रहस्य खुल्यो

५ माघ २०७४, शुक्रबार ०१:४३

माघ ५, काठमाडौं । पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ। 

एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ। यो खबर सुवास गोतामेले आजको अन्नपूर्णमा लेखेका छन्।

छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल भएको प्रहरी स्रोतको दाबी छ। किर्ते प्रकरणमा छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ताको पत्र र ललितपुर प्रहरीलाई खोजतलासका लागि काटेको पत्र सार्वजनिक गरिनु पनि सूचना चुहावटको एक पक्ष रहेको प्रहरी उच्च स्रोतको तर्क छ।

सर्वोच्चको फैसला, सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनलाई चुनौती दिँदै सिलवाल ‘फरार’ छन्। स्रोतका अनुसार सिलवाल पक्राउ पुर्जी जारी गर्ने बेलासम्म काठमाडौं प्रहरीसँग नियमित सम्पर्कमा थिए। 

छानबिन प्रक्रियाका सूचना चुहावट गरी प्रहरी परिसरकै उच्च प्रहरी अधिकृत मतियारको भूमिकामा रहेको चर्चा प्रहरी संगठनभित्र छ। ‘देखावटीका लागि छानबिनको नाटक गर्ने तर भित्रभित्र आरोपीलाई सुविधा हुने गरी सूचना लिक गर्ने द्वैध चरित्रले काम गरेको छ’, परिसर स्रोतले भन्यो।

प्रहरीले नै गोपनीयता कायम गर्न नसक्दा सिलवाल ‘भाग्न’ सफल भएको निष्कर्ष पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको छ। ‘संवेदनशील विषयमा प्रहरीका कतिपय काम-कारबाही गोप्य राखिनुपर्छ। गोप्य कुरा बाहिर ल्याउँदा पीडक उम्कने खतरा हुन्छ नै’, उनले भने। 

ठकुरीले प्रहरी सेवामा छँदा विधिको शासन पालना गर्ने र गराउने कसम खाएका जोकोही प्रहरी अधिकृतले आफूमाथि लागेका अभियोगमा पनि छानबिनका लागि सहज बाटो पहिल्याउन मद्दत गर्नुपर्ने बताए।

प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै सिलवालको खोजीका लागि ७७ जिल्लामा पत्राचार गरेको छ। त्यति गर्दा पनि उनी नभेटिए अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) गुहार्ने तयारीमा प्रहरी मुख्यालय छ।

काठमाडौं प्रहरीले किर्तेमा अभियोग दर्ता गरेलगत्तै सिलवालले ट्विट गर्दै ‘सन् २०१७ मा आफूले धेरै पाठ सिकेको र २०१८ को लागि आफू तयार छु’ भनेका थिए। त्यसपछि अर्को ट्विट गर्दै उनले भने, ‘हे ईश्वर, आइज तेरो खुट्टामा मलम लगाइदिन्छु। कतिका सपनालाई लात हान्दा चोट त लागेकै होला।’

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको तथ्य फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात न्यायाधीश संलग्न इजलासले किर्तेमा संलग्नमाथि छानबिन गरी कारबाही चलाउन सरकार र प्रहरी प्रधान कार्यालयलाई परमादेश दिएको थियो। 

सोही फैसलाका आधारमा छानबिनका लागि अभियोग दर्ता गर्न प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीले काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन्।

सिलवाल काठमाडौंमै रहेका बेला अर्याल र रेग्मीले पक्राउ गर्न काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकलाई निर्देशन दिएका थिए तर धानुकले छानबिनकै क्रममा रहेका कारण पक्राउ गर्नु ‘उचित नहुने’ जवाफ दिएका थिए। ललितपुर प्रहरीले सिलवालको गोदावरीस्थित घर÷ठेगानामा गएर खोजतलास पनि गरेको थियो।

सिलवालको छानबिनको विषय नयाँ बन्ने सरकारसँग जोडेर हेर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि गोप्य रहनुपर्ने उजुरी छानबिनको विषय बाहिर ल्याउन नहुने प्रतिक्रिया दिए। 

सूचना गोप्य राख्न प्रहरी चुकेको उनले स्विकारेका छन् तर सिलवाललाई प्रहरीले नभगाएको दाबी उनको छ। उनले भने, ‘प्रहरीले भगाएको होइन तर छानबिनका गोप्य विषयलाई बाहिर ल्याउन हुने थिएन। त्यहाँ काठमाडौं प्रहरी चुकेको देखिन्छ।’

काठमाडौं प्रहरी प्रवक्ता रामदत्त जोशीले पनि छानबिनका विषय बाहिर आएको विषयमा आफू अचम्मित भएको बताए। ‘छानबिनका विषय बाहिर ल्याउन नहुने हो तर आइरहेका छन्। सिलवाललाई प्रहरीले नै भगाएको भन्ने आरोप सही होइन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा