१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपती कार्यालयमा तानाशाही प्रवृति देखाइयो, पत्रकारले गरे क्यामेरा डाउन

६ माघ २०७४, शनिबार ०१:५५

माघ ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा सुरक्षित गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । 

शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड यसै ऐतिहासिक क्षणका लागि थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अपराह्न ३ बजेपछि पत्रकारको परिचयपत्र र शरीर जाँचपछि सैनिक निगरानीमा हामीलाई राष्ट्रपति भवनको सञ्चार कक्षसम्म पुर्‍याइयो । लामा लेन्स र क्यामेरा बोकेका पत्रकार कार्यक्रम सुरु भएपछि कार्यक्रम स्थलमा लगिने आश्वासन कार्यालयका अधिकारीको थियो ।

शीतल निवासमा प्रधानमन्त्रीको कारकेड प्रवेशसँगै मंगल धुन बज्न थाल्यो । हलमा कार्यक्रम सुरु भएपछि एक सैनिक अधिकारी आएर रेडियो नेपाल, रासस, गोरखापत्र र नेपाल टीभीका पत्रकार भित्र लगे । अनि निजी सञ्चार माध्यमका पत्रकारलाई फर्कन आदेश दिए ।


सक्रिय राजतन्त्रकालमा समेत नारायणहिटी दरबारका औपचारिक समारोहहरूमा पत्रकारलाई निषेध थिएन । दौरा सुरुवाल लगाउनुपर्ने सर्त पालना गरेपछि पत्रकारले निर्वाध समाचार र दृश्य संकलन गर्न पाउँथे । त्यससमय पनि यी रासस, गोरखापत्र आदि सरकारी मिडिया नभएका होइनन् तर अहिलेजस्तो स्वतन्त्र मिडियामाथि प्रवेशको प्रतिबन्ध थिएन ।

आमसरोकारका विषय सुसूचित गर्ने दायित्व लिएको हुनाले नै पत्रकारितालाई चौथो अंग मानिएको हो । तर, यो विश्वव्यापी मान्यता उपेक्षा गरी हरेक गतिविधिको समाचार हामी आफैं दिन्छौं भन्नु सेन्सरसिपको नमुना हो । शीतल निवासको यस्तो रवैया लोकतान्त्रिक गणतन्त्रमा अपेक्षित छैन ।

पत्रकारहरू यो ऐतिहासिक घटनाको समाचार संकलन गर्न दिन अनुरोध गरी नै रहे । 

तर, सैनिक अधिकारीले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई एकाएक बाहिर निकाले । पत्रकारले ढोकामा क्यामेरा राखेर सरकारी रवैयाको विरोध पछि आ-आफ्नो कार्यालय फर्के ।

राष्ट्रपति कार्यालयले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप मात्रै गरेको छैन । कार्यस्थलमा लामो समय कुराउने र अनावश्यक रूपमा शरीरको खानतलासी गरी कार्यक्रम स्थलसम्म पुर्‍याएर फर्काउँदै अपमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार