२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैठकमा के भने १५ नेताले?: देउवाले ठट्टा गर्दै भने- ‘धकेलेरै निकाल्ने हो त ?’

६ माघ २०७४, शनिबार ०२:३९

माघ ६, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले आशा गरेअनुसार सफलता प्राप्त गर्न नसकेको स्विकार्दै महासमिति बैठकले नयाँ रक्तसञ्चार गराउने बताएका छन् । 

आजको नयाँ पत्रिकामा खबर छ । ‘परिणामका पछाडि जे–जे कारण होलान्, ती सबैका सन्दर्भमा समय लिएरै व्यापक रूपले गम्भीर समीक्षा-छलफल एवं अन्तक्र्रिया गर्न जरुरी छ । 

सभापतिका नाताले सम्पूर्ण साथीहरूलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु,’ देउवाले केन्द्रीय समिति बैठकमा भने, ‘निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ । राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी आगामी रणनीति तय गर्न महासमितिले नीतिगत र वैधानिक दिशानिर्देश गर्नेछ ।’

संविधानअनुरूपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न विधान संशोधन गर्ने, पार्टीका सबै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई थप सुदृढ, गतिशील र सशक्त बनाउन नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

देउवाले ठट्टा गर्दै भने, धकेलेरै निकाल्ने हो त ?

सभापतिले देउवाले बैठकको बिट मार्दै भने, ‘माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र प्रश्न उठ्यो, मेरो आलोचना भयो । माओवादीसँग गठबन्धन भएको भए हामी यति खुम्चनुपर्ने थिएन । 

मधेसीसँग गठबन्धन गरौँ भन्दा आफैँ जित्छौँ भन्ने विश्लेषण पार्टीबाटै आए, यसकारण मधेसीसँग गठबन्धन हुन सकेन ।’ उनले युवाहरूलाई नहतारिन, तर जिम्मेवार हुन आग्रह गरे । 

‘समयक्रममा पुस्ता हस्तान्तरण हुन्छ । धकेलेर निकाल्छु भन्नुभयो भने हामी पनि अडिन खोज्नुपर्‍यो नि, धक्का खाएर नै निस्कनु त भएन,’ व्यंग्यात्मक शैलीमा ठट्टा गर्दै देउवाले भने, ‘जिम्मेवारी हाम्रै काँधमा आयो भन्ने ठानेर युवाहरूले काम गर्नुस् । समयक्रममा तपाईंहरूले नै काम गर्ने हो ।’

पौडेलले भने धेरै गर्‍यौँ

नेता रामचन्द्र पौडेलले राष्ट्रियताको संवद्र्धनदेखि संविधानको स्वीकार्यता बढाउन कांग्रेसले अग्रणी भूमिका खेलेको बताए । ‘तीन दलले मात्र संविधान कार्यान्वयन गर्न सकेनन् । हामीले मधेसीलाई ल्यायौँ,’ उनले भने, ‘संविधानमा बहुलवादसहितको संरचनालाई स्थापित ग¥यौँ । यसकारण हामी सफल पुस्ता हौँ ।’

पुराना पात झरेपछि… : बलबहादुर केसी

हिजो विधान नखोजेर पनि बिपीका कार्यकर्ता सहिद हुन तयार थिए । तर, आज विधानभन्दा राजनीतिक सहमति ठूलो भनिँदै छ, गरिँदै छ । विधानभन्दा सहमति ठूलो कुरा होइन । 

यसकारण विधानअनुसार पार्टी चल्नुपर्छ । रूख बाँच्नका लागि प्राकृतिक रूपमै पुराना पात झर्छन् । नयाँ पालुवा पलाउँछन् । त्यस्तै गरी पार्टीमा पनि पुरानाले विश्राम लिनुपर्छ ।

सहमति दिने अनि विरोध गर्ने ? : बालकृष्ण खाण

१८ वर्षदेखि कार्यसम्पादन बन्न सकेको थिएन, तर अहिले बनेको छ । बल्ल बनेको समितिमा नेताहरू बस्नुभएको छ । संसदीय समितिमा पनि नेताहरू हुनुहुन्छ । तर, अहिले आएर विधानसम्मत भएन भन्नु गलत हो । राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ ।

धम्कीबाट डराउँदैनौँ : प्रकाशमान सिंह

हामीले निर्वाचनमा गठबन्धन गर्‍यौँ, तर कस्तो खालको गठबन्धन हो ? लोकतान्त्रिक हो भने हामीले अरूलाई सहयोग गर्नुपर्ने अरूले किन सहयोग गरेनन् ? उम्मेदवार चयनमा पनि कार्यसमितिले पास गरेको कुरालाई सभापतिले किन नमानेको ? एकजनाबाहेक नदोहोर्‍याउने भन्ने थियो, तर किन दोहोर्‍याएको ? हामी संसदीय समितिमा बसेकैले समानुपातिकको सूची हेर्न पाएनौँ । 

अब यसरी पार्टी चल्न सक्दैन । बैठक र बाहिर बोलेको विषयलाई लिएर सभापति र उहाँका मान्छेले अनुशासनको कारबाही गर्छु भनेर धम्की दिनुभएको छ । धम्कीबाट कोही डराउँदैनौँ । पञ्चायतलाई परास्त गरेर आएका हौँ । यस्ता डरधम्कीले हाम्रो आवाजलाई रोक्नेछैन ।

हामी मधेसीलाई बोक्ने, उनीहरू लात हान्ने : शेखर कोइराला

संसदीय समिति अवैधानिक छ । म आजदेखि यस समितिमा नरहेको जानकारी गराउँछु । कार्यसम्पादन समिति पनि अवैधानिक छ, यो पनि विघटन हुनुपर्छ । गठबन्धनमा हामीले मधेसी मोर्चालाई च्यापिरह्यौँ । तर, मधेसी मोर्चाले लात हानिरहेको छ । 

मोर्चालाई मात्र खुसी पारेर हामी बलियो हुँदैनौँ । राष्ट्रिय सभामा अवसर नपाएकालाई अवसर दिउँ । पार्टीमा गल्ती भएका छन्, गल्तीको ‘रियलाइजेसन’ सबैले गर्नुपर्छ । विधानअनुसार पार्टी चल्नुपर्छ । महासमिति बैठक फागुनमा राख्नुपर्छ ।

अवसर दिनुस् : जीवन परियार

अवसर पाएकालाई राष्ट्रिय सभामा दोहोर्‍याउनुहुन्न । केन्द्र्रीय सदस्य भएर पनि अवसर नपाएकालाई उम्मेदवार बनाएर जाउँ । विधानविपरीतका कार्यसम्पादन र संसदीय समिति खारेज गरौँ ।

पौडेलको गुनासोको अर्थ छैन : उमाकान्त चौधरी

कार्यसम्पादन र संसदीय समिति अवैधानिक छन् । आजैका मितिबाट विघटन गरौँ । समानुपातिककको सूची बुझाउँदा, सभापतिजी र रामचन्द्र पौडेलजीले एकलौटी गर्नुभयो । हामीलाई सूची हेर्न दिइएन । अहिले आएर पौडेलले गुनासो गर्नुको कुनै अर्थ छैन ।

विधानको सर्वोच्चता मान्नुपर्छ : बद्री पाण्डे

विधानको सर्वोच्चता सबैले मान्नुपर्छ । अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउनुपर्छ ।

धेरै गर्नुभयो, अब अरूलाई गर्ने अवसर दिनुस् : गगन थापा

मुलुकमा भएका सबै आन्दोलनमा कांग्रेस नेताहरूको योगदान अतुलनीय छ । पार्टीलाई जोगाउन नेताले धेरै राम्रो काम गर्दै आउनुभएको छ । देश, लोकतन्त्र र जनताका लागि तपाईंहरूको कामप्रति हामो सम्मान छ । तपाईंहरूले धेरै गर्नुभयो । अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्न आग्रह गर्दछु । 

यसो भएमा कांग्रेस, देश र लोकतन्त्रलाई राम्रो हुन्छ । महासमिति बैठकलाई नेतृत्वले आफ्नो अप्ठ्यारो व्यवस्थापन गर्न उपयोग नगरोस् । यस्तो भए दुर्भाग्यपूर्ण हुन्छ । यसैले अर्ली महाधिवेशनतर्फ जानुपर्छ ।

हारेकालाई अवसर दिउँ : अजय चौरसिया

पार्टीका सिनियर नेताहरू निर्वाचनमा हार्नुभएको छ । राजनीतिमा जिम्मेवार नेताहरू आवश्यक पर्छन् । तसर्थ निर्वाचनमा हारेका नेताहरूलाई पनि राष्ट्रिय सभामा अवसर दिनुपर्छ ।

प्रवक्ता हुनेले निरुत्साहित गराउने ? : किशोरसिंह राठोर

पार्टी प्रवक्ता हुने नेताले नै पार्टी आइसियूमा छ भन्ने ? यति निरुत्साहित गर्ने अनि पार्टी बिरामी छ भन्न मिल्छ ?

पौडेलजीले च्याप्नु भो, देखाउनुभएन : कृष्णप्रसाद सिटौला

समानुपातिक सूचीमा सभापति र पौडेलले हदैसम्मको एकलौटी गरेकै हो । त्यतिवेला सभापतिको ज्यादती उत्कर्षमा थियो । हामीले समानुपातिक लिस्ट हेर्नसमेत पाएनौँ । यस्तो गल्ती सभापतिले अब कहिल्यै गर्नुभएन । त्यतिवेला पनि यी समिति विधानविपरीत छन् भनेकै हौँ । तर, पौडेलजीले देउवासँग सहमति गर्नुभयो । 

लिस्ट देखाउनुभएन, च्यापेर हिँड्नुभयो । देखाएको भए विरोध गर्न बल पुग्थ्यो । सभापतिको एकलौटीमा बल दिनुभयो । अहिले आएर कुन मुखले विधानविपरीत भन्दै हुनुहुन्छ ? पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्छ । निर्णय पारदर्शी हुनुपर्छ, पार्टीमा सबैले सम्मान पाउनुपर्छ ।

०४८ देखिको समीक्षा गरौँ : पूर्णबहादुर खड्का

समीक्षा गर्दा अहिलेको निर्वाचन मात्र होइन, ०४८ देखिको गर्नुपर्छ । वर्तमान सभापतिलाई साधारण सदस्यबाट निकालेकोदेखि, पार्टी फुटेको र अहिलेसम्मको वस्तुस्थितिको विश्लेषण गरेपछि मात्र सत्यतथ्य पत्ता लाग्छ । 

हामीले विधानविपरीत समिति नबनाउन भनेको हो । पौडेलजीले सभापतिसँगको सहमतिमा बनाउनुभयो । अहिले कसरी र किन विधानविपरीत भन्दै हुनुहुन्छ ? विधानअनुसार पार्टी चल्नुपर्छ । यो प्रक्रिया आजैबाट सुरु गरौँ ।

गठबन्धन बलियो भएन : प्रदीप गिरी

कम्युनिस्टहरू मिलेर बलियो बने । तर, लोकतान्त्रिक गठबन्धन बलियो भएन । यसैले हामी हार्‍यौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा