१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण शिक्षक सेवा आयोग अलमलमा

६ माघ २०७४, शनिबार ०२:५२

माघ ६, काठमाडौँ । सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ ।

आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ । ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ताना गौतमले भने, ‘तर शिक्षकको योग्यता नतोकेकाले चालु आर्थिक वर्षको कार्यतालिका अघि बढ्न सकेन ।’ संशोधित ऐनले विद्यालय तहअन्तर्गत शिशु कक्षादेखि ८ कक्षासम्म आधारभूत र कक्षा ९–१२ लाई माध्यमिक तह कायम गरेको छ ।

आयोगले पुरानो संरचनाअनुसार कक्षा १–५ प्राथमिक, कक्षा ६–८ निमावि तथा ९–१० माध्यमिक तहको संरचनाअनुसार शिक्षक व्यवस्थापनको जिम्मेवारी पाएको छ । 

जसमा प्राथमिक तह पढाउन शिक्षकको न्यूनतम योग्यता कक्षा १२, १० सम्म पढाउन स्नातक र प्रधानाध्यापक हुन स्नातकोत्तर हुनुपर्ने प्रावधान छ । तर, कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि शिक्षकको शैक्षिक योग्यता तोकिएको छैन । ‘सरकारले तत्काल शिक्षकको योग्यता निर्धारण गरिदिए काम सहज हुनेछ,’ अध्यक्ष गौतमले भने ।

आयोगको रेकर्डअनुसार देशभरि १ लाख ७ हजार शिक्षक दरबन्दी छ । ऐनअनुसार अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) पाएकाले मात्र प्रतिस्पर्धा गर्न सक्छन्, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार