१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान

७ माघ २०७४, आईतवार ०१:५०

माघ ७, काठमाडौँ । रामचन्द्र पौडेल खेमाका प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताका लागि भिड्ने तयारीमा छन्।

कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ। प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै नेता बिजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचिको प्राथमिकताका आधारमा सांसद छनौंट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुने खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।


समाचार अनुसार रामचन्द्र पौडेल खेमाका प्रकाशमान सिंह देउवासँग संसदीय दलको नेताका लागि भिड्ने तयारीमा छन्। महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादको पनि दावी भए पनि सिंह नै उम्मेदवार बन्न सक्ने बताइएको छ।

अर्कातिर संसदीय दलको नेता जित्ने अवस्था नभए आफू नउठ्ने भएका कारण पनि सिंह नै संसदीय दलको नेताका लागि उम्मेदबार बन्ने लगभग पक्का भएको छ।

प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् । कांग्रेसले आयोगमा बुझाएको सूचीको प्राथमिकताअनुसार सांसद छानिए समानुपातिकतर्फबाट देउवा पक्षका २८ आउनेछन् । प्रत्यक्ष र समानुपातिक गरी देउवा पक्षका ३७ सांसद निर्वाचित हुनेछन् ।

प्रत्यक्षतर्फबाट पौडेल पक्षका ११ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट पनि उनी पक्षका ११ सांसद आउने देखिन्छ । 

नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

दलको नेतामा देउवाको तयारी

सभापति देउवा यसपटक पनि संसदीय दलको नेता बन्ने मनस्थितिमा छन् । प्रारम्भिक आकलनअनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ । 

स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिकतर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रस्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालिसकेको छ । 

यद्यपि, देउवानिकट नेता डा. प्रकाशशरण महतले भने प्रतिनिधिसभाको पूर्ण नतिजा आएपछि मात्र को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्ने बताए । 

‘नतिजा नै आएको छैन । त्यसैले अहिले नै हामी संसदीय दलको हिसाबकिताबमा लागिसकेका छैनौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘परिणाम आएपछि बल्ल तयारी हुन्छ ।’

यसकारण उम्मेदवार बन्न चाहन्छन् प्रकाशमान

नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको नेताका दाबेदार हुन् । 

त्यसमध्ये पनि सिंह प्रमुख दाबेदार हुन् । संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । 

तर, सिंह भने देउवाको प्रतिस्पर्धीका रूपमा आपूmलाई स्थापित गर्न पनि उम्मेदवार बन्न तयार छन् । ‘महामन्त्री कोइरालाले इच्छा नदेखाए प्रकाशमान दाइ उम्मेदवार बन्ने देखिन्छ,’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने । 

केन्द्रीय समिति बैठकमा पनि नेता सिंह सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार