२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

२०७४, ७ माघ आईतवार ०३:०८

माघ ७, काठमाडौँ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । 

वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनुपर्ने १० करोड रुपैयाँभन्दा बढी रकम कुवेतस्थित दूतावासले कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाएको छ । 

कुवेतमा मृत्यु भएका कामदारले कानुनी रूपमा पाउनु पर्ने सेवा सुविधावापतको यो रकम लामो कानुनी प्रक्रियापछि दूतावासले २ चरणमा गरेर नेपाल फिर्ता पठाएको हो ।

दूतावासले स्थानीय कानुन व्यवसायीको सहयोगमा लामो कानुनी लडाइँपछि मृतक नेपाली कामदारले पाउनु पर्ने क्षतिपूर्तिबापतको विमा रकम, बाकी रहेको तलब, उपदानलगायतका सुविधासहितको १० करोड ५० लाख रुपैयाँभन्दा बढी रकम नेपाल पठाएको जनाएको छ । सो रकम परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ । 

मृतक कामदारको सेवासुविधा नदिने रोजगारदातासँग कानुनी लडाइँपछि दूतावासले फिर्ता गरेरे हालैमात्र ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयमा जम्मा गरिएको छ । एक वर्षअघि पनि ५ करोड २६ लाख रुपैयाँ पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

कुवेतमा मृत्यु भएका कामदारका परिवारले कानुनी प्रक्रिया अघि बढाउन नसक्ने अवस्थामा रहेका ४२ मृतक कामदारकार्फतबाट दूतावासले मुद्दा चलाएपछि २ वर्षमा २ करोड ३२ लाख ४३ हजार ६९४ रुपैयाँ रोजगारदाताले फिर्ता दिएका हुन् । 

लामो समयदेखि मृतक र अन्य कामदारले पाउन नसकेको क्षतिपूर्ति तथा बाँकी तलब नेपाली राजदूतावास कुवेतले नियुक्त गरेको कानुन व्यवसायीको सहयोगमा रोजगारदाताबाट भराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण