१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

७ माघ २०७४, आईतवार ०३:०८

माघ ७, काठमाडौँ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । 

वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनुपर्ने १० करोड रुपैयाँभन्दा बढी रकम कुवेतस्थित दूतावासले कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाएको छ । 

कुवेतमा मृत्यु भएका कामदारले कानुनी रूपमा पाउनु पर्ने सेवा सुविधावापतको यो रकम लामो कानुनी प्रक्रियापछि दूतावासले २ चरणमा गरेर नेपाल फिर्ता पठाएको हो ।

दूतावासले स्थानीय कानुन व्यवसायीको सहयोगमा लामो कानुनी लडाइँपछि मृतक नेपाली कामदारले पाउनु पर्ने क्षतिपूर्तिबापतको विमा रकम, बाकी रहेको तलब, उपदानलगायतका सुविधासहितको १० करोड ५० लाख रुपैयाँभन्दा बढी रकम नेपाल पठाएको जनाएको छ । सो रकम परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ । 

मृतक कामदारको सेवासुविधा नदिने रोजगारदातासँग कानुनी लडाइँपछि दूतावासले फिर्ता गरेरे हालैमात्र ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयमा जम्मा गरिएको छ । एक वर्षअघि पनि ५ करोड २६ लाख रुपैयाँ पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

कुवेतमा मृत्यु भएका कामदारका परिवारले कानुनी प्रक्रिया अघि बढाउन नसक्ने अवस्थामा रहेका ४२ मृतक कामदारकार्फतबाट दूतावासले मुद्दा चलाएपछि २ वर्षमा २ करोड ३२ लाख ४३ हजार ६९४ रुपैयाँ रोजगारदाताले फिर्ता दिएका हुन् । 

लामो समयदेखि मृतक र अन्य कामदारले पाउन नसकेको क्षतिपूर्ति तथा बाँकी तलब नेपाली राजदूतावास कुवेतले नियुक्त गरेको कानुन व्यवसायीको सहयोगमा रोजगारदाताबाट भराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार