४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धन सरकारकाे कार्यक्रम बनाउन गौतमकाे नेतृत्वमा कार्यदल

८ माघ २०७४, सोमबार ०२:३९

माघ ८, काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ-एमाले अध्यक्ष केपी ओली निवासमा आइतबार बसेको बैठकमा वाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भएबमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा एमाले नेता भीम रावल, डा. विजय पौडेल, युवराज खतिवडा र माओवादी केन्द्रबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।

बैठकले प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनबारे रिपोर्ट पेस गर्न बनेको संयुक्त कार्यदलको प्रस्तावलाई अनुमोदन गरेको छ । जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेदवार रहनेछन् । 

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकताका बारेमा भएको प्रगतिबारे बैठकलाई बिफ्रिङ गरेका थिए ।

अध्यक्षद्वयले पार्टी एकताबारे आफूहरुबीच असाध्यै सकारात्मक वातावरणमा छलफल चलिरहेको र वैचारिक एवं संगठनात्मक विषयमा एक/दुई दिन थप छलफल गरेर वैचारिक र संगठनात्मक कार्यदल गठन गर्न बैठकमा प्रस्ताव गरेका थिए । बैठकले एक/दुई दिन थप छलफल गरेर कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी एकता संयोजन समितिका सदस्य र संयुक्त कार्यदलका सदस्यहरु सहभागी थिए । संयोजन समितिको बैठकले प्रदेश सरकार, मुख्यमन्त्री, सभामूखलगायतका पदको विषयमा रिपोर्ट पेस गर्न कार्यदललाई थप समय प्रदान गरेको छ । 

राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन् । शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेस गरेकोमा कार्यदललाई धन्यवाद दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता