२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशका भीआईपीका लागि तत्काल दुई सय गाडी आवश्यक

२०७४, ११ माघ बिहीबार ०१:४५

माघ ११, काठमाडौं । प्रदेशमा आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको छ । 

प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको हो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको गृहमन्त्रालय सकसमा परेको छ । भीआईपीको गाडी व्यवस्थापन गर्ने जिम्मेवारी पाए पनि अहिले गृहसँग स्टक गाडी छैन ।

केही सयमभित्रै सातै प्रदेशमा आउने मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालयमा रहने प्रमुख सचिव, सचिव र तीनजना सहसचिवलाई गरी कम्तीमा ४५ वटा, प्रदेशका सात मन्त्रालयका मन्त्रीलाई कम्तीमा ४९ तथा सचिवलाई ४९ वटै गाडी चाहिने गृहले जनाएको छ ।

सातै प्रदेशमा सभामुख र उपसभामुखलाई गरी १४ वटा गाडी चाहिने भएको छ । प्रदेशसभा सञ्चालन गर्ने सचिव तथा कर्मचारीका लागि पनि दर्जनौं गाडी चाहिने गृहको निष्कर्ष छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण