१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण यी दुई जनाले मनोनयन गर्न पाएनन्

११ माघ २०७४, बिहीबार ०२:५२

माघ ११, काठमाडौँ । प्रदेश १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

तर माओवादी केन्द्रका नरेन्द्र साह कलवार ले उम्मेद्वारी दिन पाएनन् | उनी  १२ मिनेट ढिलो आइपुगेका थिए । नेपाली जनता दलका हरिचरण साहले ८ वटै पदमा उम्मेदवारी दिन उम्मेदवार र मनोनयनपत्र तयारी गरेका थिए । 

तर, मनोनयनपत्र दर्ता गराउने बेला उनका प्रस्तावक र समर्थक फेला परेनन् । तराई मधेस सद्भावना पार्टीबाट २०७० मा सभासद भएका नरेन्द्र साहले प्रतिनिधिसभाको चुनावमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । 


साह बुधबार मात्रै माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यका लागि अल्पसंख्यक समूहबाट सिफारिस भएका थिए । बिहान ९ बजे सिफारिस पाएका साह बुधबारै जनकपुर हान्निए । 

प्रदेश सांसद रामचन्द्र मण्डल र सर्लाहीका माओवादी केन्द्रका सचिव राजकुमार यादवले उनको मनोनयनपत्र निर्वाचन कार्यालयबाट लिएर तयार गरेका थिए । जनकपुर प्रवेश गरेका साह ट्राफिक जाममा परेपछि मोटरसाइकलमै निर्वाचन अधिकृत कार्यालय त पुगे तर १२ मिनेट ढिलो भइसकेको थियो ।

‘अन्तिम समयमा टिकट दिएर सहयोग गरेकाले माओवादी केन्द्रलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘निर्वाचन कार्यालयले कार्यालयभित्रै रहेका प्रस्तावक र समर्थकलाई समेत मनोनयन गर्न नदिनु दुर्भाग्य हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार